ऋणमा बनेकाे भैरहवा बिमानस्थल संचालन मै चुनाैती

लुम्बिनी ।ऋण लिएर बनाइएकाे भैरहवाको गौतमबुद्ध विमानस्थल सञ्चालन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई मुश्किल परिरहेको छ ।
विमानस्थल निर्माण र जग्गा अधिग्रहणसहितमा ३२ अर्ब रुपैयाँभन्दा बढी लगानी भएको छ । विमानस्थल सञ्चालनमा आएको ५ महिनासम्म पनि एउटा मात्रै अन्तर्राष्ट्रिय वायुसेवाको उडान हुनु, त्यसमा पनि तालिका कटौती हुनु र नयाँ वायुसेवाको रुचि कम हुनुले प्राधिकरणलाई थप कठिनाइ हुने देखिएको छ ।

यो विमानस्थल सञ्चालनसँगै २ जेठबाट उडान शुरू गरेको कुवेतको वायुसेवा जजिराले एक महिनामा नै उडान तालिका कटौती गरेको छ । सातामा ३ वटा उडानबाट शुरू गरेको जजिराले दैनिक उडान गरेको एक महिनामा नै प्राविधिक कारण देखाएर उडान सातामा २ वटामा झरेको छ ।

जजिराले उडान शुरू गरेको ४ महिनापछि ३१ भदौबाट दैनिक उडान शुरू गरेको थियो । दैनिक उडान शुरू गरेको तीन सातामात्रै पुगेको छ ।

जजिराले दैनिक उडान शुरू गरेको एक महिना नपुग्दै असोज २६ (बुधवार)बाट दैनिक उडान रोकेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले बताए ।
उनका अनुसार आजैबाट दैनिक उडान कटौती भएको छ ।
अब यसले ३ दिन पछि (२९ असोज)लाई मात्रै उडान राखेको छ । दाहालले भने, ‘वायुसेवाले अपरेसन रिजन देखाएको छ । थप कारण स्पष्ट भने पारेको छैन् ।’ उडान कटौती गर्नुमा यात्रु नहुनु र अरू समस्या समेत देखिएको दाबी दाहालको छ ।