शिवसेनाद्वारा ‘राम राज्य रथ यात्रा’ को नेपालगञ्जमा भब्य स्वागत

बाँके । हिन्दुहरुका देवता मर्यादा पुर्षोत्तम श्रीरामको दिग्विजय राम राज्य रथ यात्रा बिहीबार नेपालगञ्जमा आईपुगेको छ ।

भगवान् श्री रामचन्द्रको जन्मभूमि अयोध्याबाट शुरु भएको रथ यात्रा भारत र नेपालका विभिन्न शहरहरुको १५ हजार किलोमिटरको यात्रा गर्दै विहिबार नेपालगञ्जमा आइपुगेको हो । विजय दश्मीका दिन अयोध्याबाट प्रस्थान गरेको राम राज्य रथ भारतको २२ वटा राज्य र नेपालका ५ वटा प्रदेशहरु भएर पुनः अयोध्या पुगेर महायज्ञ गर्नेछ ।

नेपालगञ्जका लागि यात्रा संयोजन गरी रहेका हिन्दु अगुवा ललित रौनियार अनुसार नेपालगञ्जको गनापुर स्थित रहेको शनि मन्दिर धाममा पवित्र रथको स्वागत गरी मोटरसाइकल र्‍यालीका साथ नेपालगञ्ज नगर परिक्रम गरेर भब्य स्वागत गरिएको हो ।

शिव सेना बाँकेको अगुवाईमा भएको रथ यात्राको भब्य स्वागत पश्चात पश्चित नेपाल कै प्रसिद्ध शक्ति पिठ माता बागेश्वरी पार्क स्थित सत्संघ परिसरमा गत राति प्रवचन कार्यक्रम समेत गरिएको थियो ।