अव पाँच दलिय गठवन्धनले

नेपाली काग्रेस भित्र चुनावी गठवन्धन गर्ने र नगर्ने दुइ थरिको विचार दुइ थरीको वहस र सम्बाद चलेको र अन्तमा गठवन्धन गर्नु हुदैन भन्ने विचार पनि गर्नेमा सहमती जनाउन पुगे । याहा सम्म त ठिक्कै थियो तर अहिले आएर नेपाली काग्रेसबाट टिकट पाउनेहरुले निर्वाचन आयोगबाट चुनाव चिन्ह वितरण गर्नु भन्दा पुर्व

आफ्नो चुनाव प्रचारमा नेपाली काग्रेस को रुखमा भोट माग्दै गर्दा निर्वाचन आयोगले चुनाव चिन्ह वितरण गरेपछी एकाएक ‘गठवन्धन का साझा उम्मेदवार ‘ ‘वाम र लोकतान्त्रिकका साझा उम्मेदवार ‘भनेर आफ्नो र यिन्का सुभचिन्तकहरुले भोट माग्न थालेकोमा आस्चर्य र उदेक लाग्न थालेको छ।
आस्चर्य अरु राजनितिक दलले के गरे र कसरी निर्वाचनमा भोट माग्दै हिडे त्यसमा होइन आस्चर्य त नेपाली कांग्रेसले ‘ नेपालि काग्रेस ‘ भनेर जन समक्ष र आफ्ना वालहरुमा भोट नमाग्नु ले वनाएको छ।

राणा विरुध्द , पंचायत विरुध्द , शाही शाशन विरुध्द लडेर यिनिहरुको अस्तित्व विहिन वनाउने नेपाली काग्रेस अहिले निर्वाचनमा नेपाली काग्रेस भन्न नसकेर किन रुख मात्रै को कुरा राख्छ । वि पी ले जन्माएको नेपाली काग्रेस , विपीले वनाएको नेपाली काग्रेसको इतिहास आज निर्वाचनमा यो नाम प्रयोग किन भइरहेको छैन ?

लोकतन्त्रात्मक शाशन व्यवस्थामा राजनीतिकदलको ठुलो महत्व रहन्छ र त्यसमा पनि लोकतन्त्रको सुरक्षा र सुदृढ़ता पहिले सर्त निर्वाचन नै हो र यही मान्यता र आदर्श मानेर त्यही आदर्श वोकेको पाटी नेपाली काग्रेस आज निर्वाचनमा जादा नेपाली काग्रेसले काग्रेस भन्न सकिरहेको छैन । पंचायत कालमा पनि निर्वाचन भएकै हो त्यो समय पाटि प्रतिवन्ध रहेको अवस्थामा आन्दोलन गर्ने यि राजनीतिक दल तत्कालिन समयमा निर्वाचन चिन्ह मात्रै लिएर निर्वाचनमा सहभागी भएका यिनै राजनीतिक दलहरु पनि हुन र पाटी प्रतिवन्धित हुदा बहुदलको माँग गर्दै हिडने यि दलहरु अहिले बहुदलीय व्यवस्था विधमान रहदा रहदै निर्दलिय रुपमा नेपालि काग्रेस लगायत अन्य चाँर दल निर्वाचन चिन्हमा मात्रै प्रचार प्रसार मा रहनु निस्चय नै भविस्यको लागी राम्रो मान्न किमार्थ सकिन्दैन !

नेपाली काग्रेस र अन्य चारदल पनि यसरी नै प्रस्तुत हुनु बहुदलीय व्यवस्था माथि घातको रुपमा लिनु पर्छ र त्यसको नेतृत्व नेपाली काग्रेसले गरिरहेको छ! यौटा प्रस्न उठ्छ पाँचदलिय गठवन्धनमा यस्तो के बाध्यता समस्या आयो यिनिहरुले आफ्नो राजनितिक दलको नाम लिन चाहिरहेका छैन ? यो वाध्यता यो समस्यालाइ प्रतिगामी विचार किन न भन्ने ?

राजनीतिक दलको नाम लिन नसक्ने यि पाँचदलिय गठवन्धन ले किन साझा घोषणा पत्र चै आवस्यक ठानेन? किन साझा घोषणा पत्र वनाउन सकेनन तर साझा उम्मेदवार चै भन्न हिचकिचाएनन?

अहिले पाँचदलिय गठवन्धनले आफ्नो पाटीको नाम परिवर्तन गरेर के नेपाली काग्रेस बाट रुख भएको हो ?नेकपा एसले नाम परिवर्तन गरेर क़लम मात्रै भएको हो ? माओवादीले पनि नाम माओवादी हटाएर आफ्नो लोगोमा मात्रै आएको हो ? यस्तो प्रवृती विचारले निर्दलियलाइ मात्रै प्रोत्साहित गर्छ यो कुरा अन्य राजनीतिक दल कसरी लिएका छन त्यो विसय गम्भिर होला नहोला तर नेपाली काग्रेसले यसरी प्रस्तुत हुनु गम्भिर र पाटिगत दोष हो । यस्मा पाटी सभापती शेर वाहादुर देउवा मात्रै देसी छैन पाटीको सम्पुर्ण पदाधिकारी र निर्वाचनमा टिकट पाएर युध्द जितें जस्तै गरेर होमिएकाहरु पनि उतिक्कै दोषी छन यस अर्थमा छन कि अहिले यिनिहरु निर्वाचनमा नेपाली काग्रेस न भनेर रुख मात्रै भन्दै छन यिनिहरुको स्वभिमान कसरी दियो?

हिजो सम्म गर्वले लिने यो नाम आज निर्वाचनमा किन लिइरहेका छैन ?

माओवादी ले आफ्नो नाम त परिवर्तन गर्न खोजिरहेकै थियो यो नाम बाट निर्वाचनमा जाँदा जनतावाट स्विकार्य नहुन सक्छ प्रचण्डले यही कुरा बुजेर सायद नाम परिवर्तन को विसय पनि आएकै हो । प्रचण्ड राजनीतिका चतुर खिलाड़ी हुन उन्को चतुराइ र उन्को यही खेल मा पाँच दलिय गठवन्धन परेर अहिलेको निर्वाचनमा गठवन्धनका कुनै पनि दलले आफ्नो राजनैतिक दलको नाम नराख्ने सहमती गराएको हुन सक्छ ? कारण प्रचण्डलाइ आफ्नो दलको नाम प्रस्तुत गर्नु नै छैन ।

राजनीतिक दलहरुले आफ्नो स्थापना काल देखी आफ्नो राजनीतिक दलको नाम परिवर्तन गर्दै आएका छन यिनिहरुको यो नाम र पहिचान आफैलाइ घाउ हुदै गर्दा यस्तो अवस्था आएको हुन सक्छ । इतिहास र परिचय खराव हुदा यस्तो नाम बोकेर हिडदा राजनीतिक दलले नाम परिवर्तन गरेको र खोजेको हुन सक्छ तर नेपाली काग्रेसमा यो वाध्यता र समस्या छैन । अनि किन पाँच दलिय गठवन्धन को अवधारणामा काग्रेसले निर्वाचनमा आफ्नो नाम लिन नचाहेको हो ?