चिनियाँ विमानहरु ल्याएको आठ वर्षपछि उडाउन नसकिने र थप समस्या भएको भन्दै बिक्री गर्ने

चिनियाँ विमान खरिद गरेको आठ वर्षपछि नेपाल वायुसेवा निगमले उक्त विमानहरु नचाहिने निर्णय गरेको छ। अन्डरसर्भ्ड हिमाली मार्गहरूमा उडान गर्ने आशा गरेको चिनियाँ विमानहरु ल्याएको आठ वर्षपछि उडाउन नसकिने र थप समस्या भएको भन्दै बिक्री गर्ने निगमले निर्णय गरेको हो।

तराईका केही विमानस्थलमा सञ्‍चालन भए बाहेक यी विमानहरूले आकाशमा भन्दा बढी समय जमिनमै रहेका छन्। यी चिनियाँ विमानहरुले नेपाल वायु सेवा निगमको लागि ऋणको भारले आर्थिक तनाव सिर्जना गरेका छन्। चिनियाँ विमानहरू दुई वर्षभन्दा बढी समयदेखि ग्राउन्डेड छन्। सेप्टेम्बर १४ मा नेपाल वायु सेवा निगमले भाडामा दिनका लागि सूचना जारी गरेको थियो।

तीनवटा १७ सिटको वाई१२ई विमान र दुईवटा ५६ सिट क्षमताको एमए ६० विमानहरू काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वपट्टिको रिमोट पार्किङ बेमा पार्क गरिएका छन्। अर्को एउटा नेपालगन्जमा दुर्घटनाग्रस्त भएको र उड्न नसक्ने भएको छ।

‘यो ड्राई लीजको सूचना हो,’ नेपाल वायुसेवा निगमका प्रवक्ता अर्चना खड्काले भनिन्। ड्राई लीज अन्तर्गत, मालिकले चालक दल वा ग्राउन्ड स्टाफ बिना विमान प्रदान गर्नेछ। ‘हामीले अर्थ मन्त्रालयको निर्देशन पालना गर्यौं,’ खड्काले भनिन्। अर्थ मन्त्रालयले सिफारिस गरेका दुई विकल्पमध्ये ड्राई लीज वा सिधै बिक्री गर्ने भन्‍ने थियो। नेपाल एयरलाइन्सले पहिलो प्रयास गर्नेछ,’ उनले भनिन्।