एमाले–राप्रपाबीच आज सिट बाँडफाँडको टुंगो लाग्ने, तर बैठक अनिश्चित

काठमाडौं : नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच शनिबार सिट बाँडफाँडको टुंगो लाग्दैछ।

शुक्रबार दिउँसो एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको दुई पार्टीका नेताले सिट संख्या र स्थानसमेत टुंगो लगाएका थिए। त्यसलाई आधिकारिकता दिन शनिवार बिहान दुई दलका नेताबीच छलफल हुँदैछ। लगाउने गरी छलफल गरेका छन्।

शनिबार बिहान १० बजेअघि नै सिट र स्थान सार्वजनिक गर्ने भनिए पनि बैठकको टुंगो नलागिसकेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

राप्रपाले विशेषगरी अध्यक्ष राजेन्द्र लिङ्देनसहित वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री धवलशमशेर राणा, दीपक बोहोरालगायतको क्षेत्रमा एमालेको समर्थन खोजेको छ।