अमेरिकाले रुसविरुद्धको लडाइका लागि युक्रेनलाई ६० करोड डलर अतिरिक्त सैन्य सहयोग गरेको रहस्य

अमेरिकाले रुसविरुद्धको लडाइका लागि युक्रेनलाई ६० करोड डलर अतिरिक्त सैन्य सहयोग गरेको घोषणा गरेको छ ।

अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिंकेनले युक्रेनका लागि अमेरिकाले हतियारसहित युद्ध सामग्री खरिदका लागि सहयोग उपलब्ध गराएको जानकारी दिनुभयो । अमेरिकी सहयोगले युक्रेनी सेना अझ सशक्त रुपमा अगाडि बढ्न सहयोग पुग्ने अमेरिकाले बताएको छ ।

पछिल्लो समय युक्रेनले रुसी सैनिकले कब्जा गरेको आफ्नो भूमि फिर्ता गरिरहेको छ । युक्रेनी राष्ट्रपति भाेलाेदिमीर जेलेन्स्कीले हालसम्म ६ हजार वर्ग किमी क्षेत्र रूसी सेनाको कब्जाबाट युक्रेनले आफ्नो नियन्त्रणमा लिएको दावी गर्नुभएको छ ।