ऋण जालो नीतिअन्तर्गत चीनले बांग्लादेशलाई दिएको हो ४४ वटा VT5 ट्याङ्क
४ आश्विन २०७९, मंगलवार

विश्वका स-साना राष्ट्रहरूलाई ऋणको जालोमा फसाएर चीन वैश्विक शक्ति बन्ने दौडमा अब्बल आउने प्रयासमा लागिपरेको छ। चीनको महत्त्वकांक्षाले श्रीलङ्कालाई घरको न घाटको बनाएर छोडिसकेको छ भने अन्य राष्ट्रहरू पनि अहिले चीनको निशानामा छन्। चीनले आफ्नो ऋणको पासा फ्याँकेर पाकिस्तानलाई पनि प्रायः बरबारीकै सङ्घारमा पुऱ्याइसकेको छ। चीनको यस ऋण जालभित्र बांग्लादेश पनि परेको छ। बांग्लादेशमा दुईवटा ठूला बन्दरगाह परियोजनालाई विकसित गर्ने चीनक रूचीको पछाडि पनि अन्ततः चीनको त्यहीँ उद्देश्य लुकेको छ। चीन बांग्लादेशको सम्प्रभुतालाई नियन्त्रित गर्न चाहन्छ, जसरी उसले श्रीलङ्कामा हबन्टोटा बन्दरगाहको मामिलामा गरेको थियो। बांग्लादेशलाई आफ्नो ऋण जालोमा फसाउने काम चीनले धेरै अघि देखि नै थालेको हो। यसको उदाहरण हो VT5 लाइट ट्याङ्क। बांग्लादेशलाई VT5 लाइट ट्याङ्कहरू आपूर्ति गर्नुको पछि चीनको त्यहीँ महत्त्वाकांक्षी सोच रहेको छ।
बांग्लादेश सेना अघिबाट नै चीनी ट्याङ्कहरूले भरिएको छ। बांग्लादेश नौसेनासँग चीनी युद्धपोत अनि मिसाइल नौकाहरू छन्। यसको साथै बांग्लादेश वायु सेना चीनी लडाकू जेट उडाउँदछन्। २००२ मा चीन र बांग्लादेशबीच एउटा रक्षा सहयोग सम्झौतामाथि हस्ताक्षर भएको थियो, जसमा सैन्य प्रशिक्षण र रक्षा उत्पादन सामेल छन्। २००६ मा प्रकाशित संयुक्त राष्ट्रको चीनमाथि गरिएको रिपोर्टमा बांग्लादेश चीनी निर्मित हतियारहरूको एक प्रमुख क्रेताको रूपमा देखा परेको खुलासा भएको थियो। चीनले २००६ मा ६५ वटा ठूला-केलिबर आर्टिलरी सिस्टम, १६ लडाकू विमान र ११४ वटा मिसाइलसँगै सम्बन्धित उपकरणहरू बांग्लादेशलाई बेचेको थियो।
बांग्लादेशले चीनसँग लगभग २०० साना हतियार र नियमित तोप टुक्राहरू पनि किनेको थियो। हाल, बंगलादेश सेनासँग 174 चाइनिज टाइप-59/598G, 58 टाइप-69/69C, र 44 टाइप-90-II जसलाई MBT-2000 भनिन्छ, सहित मोठ 276 मुख्य युद्ध ट्याङ्कहरू छन्। सेप्टेम्बर 2021 मा, आर्मी रिकग्निसनले बतायो कि ट्विटरमा प्रकाशित एक तस्वीरअनुसार चीन बांग्लादेश सेनालाई पहिलो VT5 लाइट ट्याङ्कहरू प्रदान गर्न तयार छ। डिसेम्बर २०१९ मा प्रकाशित जानकारीअनुसार, बांग्लादेशको रक्षा मन्त्रालयले आधिकारिक रूपमा घोषणा गर्योप कि यसको सेनाले चीनबाट VT5 लाइट ट्याङ्कहरू अर्डर गरेको छ। VT5 अहिले चिनियाँ सेना सिन्जियाङ मिलिटरी कमाण्ड र चिनियाँ मरीनद्वारा तैनाथ गरिएको छ। VT5, जसलाई चिनियाँ सेनामा टाइप 15 वा ZTQ-15 पनि भनिन्छ, जुन चिनियाँ रक्षा कम्पनी NORINCO (चाइना नर्थ इन्डस्ट्रीज कर्पोरेशन) द्वारा डिजाइन र निर्माण गरिएको हल्का तौलको युद्ध ट्याङ्क हो। नोभेम्बर 2016 मा चीनको झुहाईमा आयोजित एयरशो अवधि VT5 लाई सार्वजनिक गरिएको थियो।
VT5 को मुख्य हतियारमा थर्मल स्लिभ र फ्युम एक्स्ट्रक्टरको साथमा एक 105 एमएम राइफल भएको बन्दुक हुन्छ जसको अधिकतम फायरिङ रेन्ज 3,000 मीटर हुन्छ। मुख्य हतियारमा एउटा स्वचालित लोडिङ प्रणाली पनि सामेल छ। VT5 ले मोठ 105 मिमी गोली बारूदको 38 राउन्ड गरेको थियो जसमा आर्मर-पियर्सिङ फिन-स्टेबिलाइज्ड डिस्कार्डिङ साबोट (APFSDS), हाई-एक्स्प्लोसिभ एन्टि-ट्याङ्क (HEAT), हाई एक्स्प्लोसिभ (HE) र गन लन्च एन्टि-ट्याङ्क निर्देशित मिसाइल समावेश हुन सक्छ।
आर्थिक रूपले पनि बांग्लादेश चीनको दिनदिनै नजिक हुँदैछ, जो ऋण जालोमा पर्ने प्रमुख खतराको रूमा देख्न सकिन्छ। चीनले बांग्लादेशमा परमाणु ऊर्जा संयन्त्र बनाउने प्रस्ताव पनि राखेको थियो। बांग्लादेशमा चीनको बुनियादी ढाँचा निवेश १० अरब डलर भन्दा अधिकको छ। अहिलेको परिदृश्यमा बांग्लादेशमा ५०० भन्दा अधिक चीनी कम्पनीहरू सक्रिय छन्। बांग्लादेशको सशस्त्र बल चीनी ट्याङ्क नौसैनिक युद्धपोतहरू र मिसाइल नौकाहरूले सुसज्जित छ। यस वर्ष, चीन र बांग्लादेशले रक्षा सहयोग सम्झौतामा हस्ताक्षर गरेको थियो, जसमा सैन्य प्रशिक्षण र रक्षा उत्पादन सामेल छ।
अर्कोतिर गत केही दिन अघि बांग्लादेशको वित्त मन्त्री मुस्तफा कमालले विकासशील देशहरूलाई चीनको बीआरआई परियोजनाअन्तर्गत चीनी ऋण जालमा नफसिने चेतावनीसमेत दिएका थिए। उनले भनेका थिए ‘सस्तो दरमा चीनी ऋण लिनुभन्दा अघि विकाससिल देशहरूले दुईपल्ट सोच्नु पर्ने हो।’
फेसबुकबाट तपाईको प्रतिक्रिया