महारानी एलिजाबेथ द्वितीयाको शव राखिएको कक्षमा चिनियाँलाई जानमा रोक

बेलायती महारानी एलिजाबेथ द्वितीयाको शव राखिएको कक्षमा चिनियाँ सरकारी अधिकारीहरुलाई जानमा रोक लगाइएको छ ।

आउदो सोमबार राष्ट्रिय सम्मानका साथ हुने अन्त्येष्टिको समय सम्म महारानीको शव वेस्टमिन्स्टर हलमा राखिएको हो । चिनियाँ प्रतिनिधिमण्डलले वेस्टमिन्स्टर हलमा प्रतिबन्ध लगाइएको जानकारी आफूले पाइनसकेको चिनियाँ प्रतिनिधिले बताएका छन् ।

चीनियाँ परियोजना बीआरआईको सम्झौता सार्वजनिक गर्न माग गर्दै प्रदर्शन गतवर्ष चीनलाई बेलायतले उइघुर मुस्लिम माथि दुव्र्यवहार गरेको आरोप लगाएका कारण सात सांसद लगायत नौ जना बेलायती माथि यात्रा प्रतिबन्ध लगाउनुका साथै उनीहरूको सम्पत्ति रोक्का गर्ने निर्णय गरेको थियो । सोही कारण एलिजाबेथको अन्तेष्टीमा चिनिया प्रतिनिधिलाइ रोक लगाएको हुन सक्ने अनुमान गरिएको अन्तरराष्ट्रिय समाचार ऐजेन्सीहरुले जनाएको छ ।

चीनले बेलायती सांसद र नागरिकलाई प्रतिबन्ध लगाएकाले हाउस अफ कमन्सका सभामुख सर लिन्डसे होयलले चिनियाँ प्रतिनिधिमण्डल माथि रोक लगाएको बीबीसीले उल्लेख गरेको छ । चीनले भने अन्तेष्टी जस्तो समारोहमा आफना प्रतिनिधिमाथि लगाइएको रोकको भने खेदजनक व्यवहार भएकोमा त्यसको बिरोध गरेको छ ।