झान्सुले नेताहरुको कानमा भरेको एउटामात्र साझा विषय
२ आश्विन २०७९, आईतवार

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीको तेस्रो वरियताका नेता एवं राष्ट्रिय जनकंग्रेसका अध्यक्ष लि झान्सु उच्चस्तरीय राजनीतिक भेटघाटमा सकेर बिहीबार स्वदेश फर्केका छन् । चार दिने नेपाल बसाइको क्रममा उनले राजनीतिक तहका उच्च अधिकारीलाई चीनको चासो र चिन्ताबारे प्रकट गरे ।
लि सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा ६७ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चार दिवसीय औपचारिक भ्रमणमा सोमबार काठमाडौं आएका थिए । उनले प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, परराष्ट्रमन्त्री नारायण खड्का, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टाछुट्टै भेटवार्ता गरे । त्यतिमात्र होइन उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटघाट गरेर चीन फर्किए ।
यसपल्ट चिनियाँ अधिकारीहरुले नेपालसँग दुई वटा विषयहरुमा मात्रै सरोकार राखेको पाइन्छ । चिनियाँ टोलीले दुईपक्षीय सम्बन्ध मात्र नभएर नेपालको बहुपक्षीय सम्बन्धबारे पहिलो चासो राखेको थियो ।
त्यस्तै प्रधानमन्त्रीसहित प्रमुख दलका नेताहरूसँगको भेटका क्रममा लिले नेपालको एक चीन नीतिप्रतिको प्रतिबद्धतामा कमी आउन नहुने र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीको दुरुपयोग हुन नहुने आशय व्यक्त गरेको थियो । यी दुई वटा चासोमा स्पष्ट रुपमा चिनियाँ पक्षको लगानी रहेको बीआरआई र अमेरिकी पक्षको एमसीसीमै गएर ठोक्किएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया