नेपालमा चिनले नाकाबन्दी गरेको स्वीकारे , छिट्टै नाका खोल्ने तयारी

काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली झान्सुले दशैंअघि नै रसुवागढी नाका र तातोपानी नाका खोल्न पहल गर्ने प्रतिबद्धता जनाएका छन् । कोरोनाभाइरस संक्रमणको कारण देखाएर चीनले लामो समयदेखि उक्त नाका बन्द गरेको छ ।

उक्त नाका खोल्न आफूले पहल गर्ने चान्सुले प्रतिबद्धता जनाएका हुन् । सोमबार नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका उनले मंगलबार राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासँँगको भेटमा उक्त नाका खोल्न पहल गर्ने प्रतिबद्धता जनाएका हुन् ।

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले दशैंअघि रसुवागढी नाका र तातोपानी नाका खोल्न आग्रह गरेपछि छान्सुको उक्त प्रतिबद्धता आएको हो । सो नाका बन्द हुँदा नेपाली व्यापारीहरूको करोडौं मूल्य बराबरको सामग्रीहरू बाटोमै अलपत्र परेका छन् ।