चिनियाँ भिआईपीको भिजिटमा एम्बुलेन्स पनि रोकिएपछी…
३० भाद्र २०७९, बिहीबार

नेपाल भ्रमणका क्रममा रहेको चीनियाँ टोलीका कारण देशको राजधानी काठमाण्डौंको जनजिवन अस्तब्यस्त बनेको छ। भीआईपीको सवारीले ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएपछि त्यसले आक्रोशको रुप लिन थालेको छ।
ट्राफिकले सर्वसाधारण मात्र नभई विरामी बोकेका एम्बुलेन्ससमेतलाई रोकेपछिको आक्रोश फिल्म निर्देशकले फेसबुक मार्फत अभिब्यक्त गरेका छन्। ‘कसैले ती भीआईपीलाई सुनाइदिनु । तिम्रो सवारीमा बाधा नपुगोस् भनेर हाम्रा भीआईपीहरुले एम्बुलेन्सभित्र छटपटाइरहेको ज्यान समेत दाउमा राखेका छन्’ उनले लेखेका छन्, ‘जति नै ठूलो मान्छे आए पनि ट्राफिकले एम्बुलेन्सलाई रोकिन दिनुभएन, ज्यानभन्दा ठूलो सवारी कुनै भीआईपीको हुनु हुँदैन ।’
भ्रमणका कारण सोमबार अपरान्हदेखि नै अस्तव्यस्त बनेको काठमाडौंको सवारी व्यवस्थापन मंगलबार झन् भद्रगोल भएको हो । सोमबार दिउँसोदेखि बानेश्वर–कालीमाटी सडक पटक पटक बन्द गरिएको छ । जसको असर स्वरुप रत्नपार्क क्षेत्रको यातायात पनि प्रभावित भएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया