अप्पन विराटगढ परोपकार समाज द्वारा आयोजित जितिया पर्व समारोह -२०७९ मिथिला पेंटिंग र सांस्कृतिक कार्यक्रम को प्रसंसा ।

हाम्रो पाना विराटनगर: अप्पन विराटगढको परोपकार समाजको संयोजनमा विराटनगरमा आयोजना गरिएको जितिया पर्व समारोहको ११ औं संस्करण भब्यरुपमा सम्पन्न भएको छ ।

विराटनगरस्थित महेन्द्र मोरङ कलेज परिसरमा आयोजना गरिएको समारोहमा हजारौ सर्वसाधारण सहभागि भएका
थिए । पुर्व प्रधानमन्त्री एवम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा आयोजना गरिएको कार्यक्रममा राष्ट्रिय तथा स्थानिय कलाकारहरुले मिथिला चित्रकला र सांस्कृति नृत्य तथा गीत प्रस्तुत गरे ।

सो अवसरमा बोल्नुहुँदै पुर्व प्रधानमन्त्री ओलीले मिथिला चित्रकला को अत्यंत प्रसंसा गरे। सो मिथिला पेंटिंग करीब १८ वर्षको अनुभवी बिराटनगर बस्ने शिला चौधरी र उनकी छोरी रिमी चौधरी ले बनाएको कार्यक्रम को स्टोल मैं देखिए को थियो तथा एउटा मिथिला पेंटिंग माया को चीनो को रूपमा ओलीलाई सम्मान स्वरूप भेट पाएको मा के पी ओली अत्यंत खुसी भए।
ओली ले मिथिलाको प्राचिन भुमि बिद्धानहरुको प्रादुर्भाव भएको क्षेत्रकोरुपमा स्थापित रहेको बताउनुभयो । ओलीले मिथिला,भोजपुरा र विराट क्षेत्र ऐतिहासिकता र पौराणिकतासंग जोडिएको क्षेत्र रहेको बताउनुभयो ।

उहाँले विश्वभरि शिक्षाको ज्योति फैलिन नसकेकै अवस्थामा मिथिला भुमिमा शास्त्रार्थ हुने गरेको बताउनुभयो । अध्यक्ष ओलीले धर्मसंस्कृतिको रक्षा गर्न सकेमात्र धर्मले समेत रक्षागर्ने भएकाले धर्मसंस्कृतिको संरक्षण गर्नु आवश्यक रहेको बताउनुभयो ।

उहाँले जितिया पर्व पौराणिक कालमा शुरु भएको र पछिल्लो समय सबै समुदायमा बिस्तार हुँदै गएको बताउनुभयो । सो क्रममा बिशिष्ट अतिथि सँगै मिथिला पेंटिंग बनाउने चित्रकार शिला चौधरी र रिमी चौधरी लगायत ओलीले समाजका अगुवा, विद्वान,पत्रकार सहित विभिन्न क्षेत्रमा योगदान दिएका ब्यक्तीत्वहरुलाई सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा मिथिला क्षेत्रका चर्चित गायक आभाष लाभ,विरेन्द्र झा सहित विभिन्न विद्यालयका बालबालिकाले नृत्य प्रस्तुत गरेका थिए । जितिया पर्वको संरक्षण सहित महिला शसक्तिकरणको उद्धेश्यले मिथिलारत्न बाट सम्मानित श्रीमती बसुन्धरा झा को अगुवाई मा  विगत ११ बर्षदेखी निरन्तर जितिया पर्व आयोजना गर्ने गरिएको जानकारी प्राप्त भएको छ।