पाकिस्तानमा आएकोले बढीले पुर्ण कंगाल हुने अवस्था, मानवीय सहयताको लागि हारगुहार
२९ भाद्र २०७९, बुधबार

एजेन्सी – बाढीले पुर्याएको क्षति अवलोकन गर्न पाकिस्तान पुगेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आफूले अहिलेसम्म पाकिस्तानको जस्तो जलवायु नरसंहार अन्त कतै नदेखेको बताएका छन् ।
मैले संसारमा धेरै मानवीय प्रकोपहरू देखेको छु । तर, मैले यो मात्रामा जलवायु नरसंहार कहिल्यै देखेको छैन । मैले आज जे देखें, त्यसलाई बयान गर्न सक्दिनँ’, गुटुरेसलाई उद्धृत गर्दै अलजजिराले लेखेको छ । गुटुरेसले यस किसिमका विपद आउनुमा विश्वको धनाढ्य मुलुकहरुको मुख्य भूमिका रहेको आरोपसमेत लगाएका छन् ।
हाल पाकिस्तानमा बाढीको कारण १ हजार ४ सय जना व्यक्तिले ज्यान गुमाएका छन् । दश लाखभन्दा बढी नागरिक घरबारविहीन भएका छन् । पाकिस्तानले यसै पनि हाल उच्च मुद्रास्फीति र भुक्तानी सन्तुलन संकटको सामना गरिरहेको छ । बाढीको कारण देशको एकतिहाइ भाग पानीमा डुबेको कारण आगामी दिनमा पाकिस्तानले थप समस्याको सामना गर्नुपर्ने अनुमान गरिएको छ ।
पाकिस्तानकी अर्थमन्त्री मिफ्ताह इस्माइलले बाढीको कारण देशले १० अर्ब डलर बराबरको घाटा व्यहोर्न परेको बताएकी छिन् । स्वतन्त्र विश्लेषकहरूका अनुसार बाढीको कारण पाकिस्तानको कुल क्षति १५ देखि २० अर्ब डलरको बीचमा रहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया