पाकिस्तानका विपक्षी नेतालाई मानसिक र शारीरिक सहित यौन हिंसा सम्म
२९ भाद्र २०७९, बुधबार

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले आफ्नो सामाजिक सञ्जाल ह्यान्डलमा एक भिडियो शेयर गर्दै राजद्रोहको आरोपमा पक्राउ परेका आफ्ना निकट सहयोगी शाहबाज गिललाई मानसिक र शारीरिक यातना दिइएको र यौन हिंसा पनि गरिएको दाबी गरेका छन्।
देशद्रोहको मुद्दामा पक्राउ परेका गिललाई मेडिकल बोर्डले फिटू ठहराएपछि इस्लामावादको अदालतमा हाजिर गरिएको थियो । कडा सुरक्षा व्यवस्थाका बीच प्रहरीले गिललाई ह्वीलचेयरमा राखेर अदालत पुर्यायो, यस पछि गीललाई दिइएको यातनाका बारेमा चर्चा उठ्न थालेको छ ।
सबै तस्बिर र भिडियोहरूले स्पष्ट रूपमा देखाउँदछ कि गिललाई मानसिक र शारीरिक दुवै रूपमा यौन दुर्व्यवहार सहित यातना दिइएको थियो । यो धेरै नै डरलाग्दो छ। उसलाई कमजोर बनाउनका लागि अपमानित पनि गरिएको थियो।
अब मसँग पूर्ण विस्तृत जानकारी छ तर आईसीटी पुलिसले गीललाई कुनै यातना दिएको छैन भनेको छ जुन सरासर गलत हो, खानले भने ।एउटा टिभि च्यानलमा अन्र्तवार्ताका क्रममा राज्य बिरुद्ध बोलेको आरोपमा इमरान खानका निकटतम सहयोगी गीललाई राज्यले पक्राउ गरेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया