प्रधानसेनापति र अमेरिकी राजदूतबीच भेटवार्ता

काठमाडौं। प्रधानसेनापति प्रभुराम शर्मा र अमेरिकाका राजदूत र्‍यान्डी बेरीबीच सोमबार जंगी अड्डास्थित भेटवार्ता भएको छ । राजदूत बेरीले आफ्नो कार्यकाल सम्पन्न गरी स्वदेश फिर्ता जान लागेको अवसरमा सो भेटवार्ता भएको नेपाली सेनाले जानकारी दिएका छन्।

उक्त भेटवार्तामा प्रधानसेनापति शर्माले राजदूत बेरीले पूरा गरेको सफल कार्यकालको लागि बधाई दिँदै सुखद भविष्यका लागि शुभकामना समेत दिएका थिए । यस किसिमको भेटवार्ताले दुई देशबीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको विज्ञप्तिमा बताइएको छ ।