चीनको कोरोना नीतिले नेपालका व्यापारीमाझ बढ्यो तनाव, अरबौको सामान बोकेको कन्टेनर बाटोमै अलपत्र

चीनमा कोरोना भाइरस सङ्क्रमणको बढ्दो मामिलालाई ध्यानमा राखेर लकडाउन लगाएको छ। त्यहीँ चीनको स्वशासित क्षेत्र तिब्बतमा पनि लकडाउन थपबढाइएको छ। नेपालसँग जोडिएको रसुवागढी र तातोपानी सीमा क्षेत्रलाई पनि  बन्द गरिएको छ।

यस लकडाउनको कारण नेपालको सैँकडौँ कन्टेनर त्यहाँ अलपत्र परेको छ। चीनको यस निर्णयले नेपालका व्यापारीहरूमा हाल रोष उत्पन्न भएको छ। चीनले १० अगस्तदेखि तातोपानी र १४ अगस्तदेखि रसुवागढी सीमा क्षेत्रमा व्यापार बन्द गरेको हो। व्यापारीहरूमा बढ्दै गइरहेको रोषलाई ध्यानमा राखेर परराष्ट्रमन्त्री नारायण खड्काले चीनसँग जोडिएको उक्त क्षेत्रहरूको भ्रमण गरेर स्थितिको अवलोकन गरेका छन्।
चीनमा कोरोनाले गर्दा अवस्था दिन-प्रतिदिन बिग्रिँदै जाँदैछ। त्यहीँ चीनको स्वशासित क्षेत्र तिब्बतमा लगातार लकडाउन जारी छ। तिब्बतको राजधानी ल्हासामा ८ अगस्तमा प्रारम्भिक लकडाउन लगाइएको थियो जसलाई पछि १८ अगस्तसम्म गरिएको थियो भने सो लकडाउन बढाएर आगामी २४ अगस्तसम्म गरिएको छ। तिब्बतको अर्थव्यवस्था धेरै हदसम्म पर्यटनमाथि निर्भर गर्दछ। कडा कोभिड नीतिको कारण लकडाउन लगाइएपछि तिब्बतमा अर्थव्यवस्थामा प्रभाव पर्ने पक्कापक्की छ।

त्यहीँ लकडाउनको कारणले धेरै मात्रा पर्यटकहरू तिब्बतको सीममा फसेको जानकारी पनि पाइएको छ। अर्कोतिर तिब्बतमा भएको लकडाउनको प्रभाव नेपाली व्यवसायीहरूमाथि पनि परेको छ। नेपाल भित्रिने मालवाहक ट्रकहरू तथा कन्टेनरहरू अहिले तिब्बत नेपाल सीमामा अलमल्ल परेका छन्।
तिब्बतमा लकडाउनसँगसँगै मानिसहरूलाई कोभिड परिक्षण पनि गरिँदैछ भने कोरोना सङ्क्रमण भएमा उवनीहरूलाई आइसोलेसनमा राख्ने काम पनि भइरहेको छ। जसको कारण पर्यटकहरू त मर्कामा परेको छन् तर नेपाल आइरहेको मालवाहक वाहनहरू पनि नेपाल भित्रिन सकेको छैन। जसले गर्दा व्यवसायीहरूको चिन्ता बढेर गएको छ।

तिब्बत क्षेत्रबाट नेपाली व्यवसायीलाई प्राप्त सूचनाअनुसार तिब्बतका सिगात्से, केरुङ र न्यालम जिल्लामा संक्रमण फैलिएको छ । अहिले चाँड पर्वे मुखैमा छ। यसैलाई लक्ष्य गरेर व्यवसायीहरूले तिब्बतबाट करोडौँको सामान निर्यात गराएका थिए। तर कोभिड–१९ महामारीको कारण देखाएर नेपाल–चीन स्थलमार्गको रसुवागढी र तातोपानी दुवै नाका एकाएक बन्द भएपछि ती गाडीहरु त्यतिकै रोकिन बाध्य बनेका छन्।
हाल चीनले कोरोना महामारीलाई रोकथाम गर्न अझ कडा कदम चालिरहेको बीच तिब्बतलाई अन्य क्षेत्रबाट विच्छेद गराएर त्यहाँ कोरोना रोकथामका लागि लकडाउन, कोरोना परीक्षण, आइसोलेसनको व्यवस्था गर्दैछ। हाल पर्यटकहरूलाई तिब्बत नआउँने पनि सरकारकोतर्फबाट सूचना जारी गरिएको छ। तर तिब्बतको लकडाउनने नेपालका व्यवसायीहरूलाई भने ठुलो चिन्तामा पारेको छ। किनभने दशैँलाई भनेर मगाएको फलफूलहरू समयमा नै आइनपुगे बाटोमै खराब हुनेछ।

अर्कोतिर नेपालका लागि माल वस्तु लिएर गुडेका ट्रक तथा कन्टेनरहरुको संख्या, माल स्तु र तिनलाई कसरी व्यवस्थापन गर्ने भन्नेबारे यकिन गर्न ट्रान्स्पोर्टर र आयातकर्तासँग प्रशासनले जानकारी माग गरेको र तत्काल ती ट्रक गन्तव्यतर्फ गुड्ने सम्भावान निकै कम रहेको सूचना अनौपचारिक रुपमा दिइएको व्यापारीहरुले बताएका छन् ।

हाल तिब्बतमा थप तीन दिनका लागि लकडाउन बढाइए तापनि यो लकडाउन अझै लम्बिएर जाने पनि आशंका व्यक्त गरिएको छ। कुनै पनि गतिविधि गर्नमा पूर्ण रोक लगाइएको अवस्थामा नेपाल हिडेका मालवाहक गाडी समयमा नै नेपाल कसरी आइपुग्ला भन्ने डर व्यापारीहरूलाई परेको छ। चीन सरकारले नेपाल तर्फका दुई प्रमुख व्यापारिक स्थलमार्ग रसुवागढी २१ साउनदेखि र तातोपानी नाका २५ साउनदेखि सिल गरेको थियो ।

नाका सिल भएका कारण दशैं–तिहार लक्षित व्यापारका लागि नेपाली व्यापारिले आयात गरेका लत्ता कपडा र स्याउ बोकेका कन्टेनर सिगात्सेमा फसेका छन् । बाटोमा रोकिएका झण्डै एक सय कन्टेनरमा एक अर्ब बढीको मालवस्तु भएको व्यवसायीहरुले बताएका छन् ।
व्यवसायी फुनु शेर्पाले चीनबाट ३ कन्टेनर स्याउ मगाएको र सिगात्सेबाट एक सय किलोमिटर अघि बढेपछि उनले मगाएको करिब ४ करोड मूल्य बराबरको स्याउ बोकेका गाडी खासा र केरुङ छुटिने दोबाटो आइनपुग्दै बीच बाटोमै रोकिएको बताएका छन्।

लकडाउन नभएको भए १५ दिनभित्रमा नेपाल आइपुग्ने उक्त वाहनहरू अहिले बाटोमा नै रोकिएका छन्। लकडाउन खोलिने विषयमा पक्कापक्की जानकारी कसैलाई नभएको र आउँदो तीन दिनमा पनि लकडाउन नखोलिए माल-सामान बिग्रने व्यवसायीहरूले आशंका व्यक्त गरेका छन्। लकडाउन खोलिने आशामा अहिले थुप्रै नेपाली व्यापारीहरू बसेका छन् ।

दशैँ तिहारलाई भनेर आयात गरिएको उक्त सामान दशैँसम्म नआए करोडौँको घाटा हुने उनीहरू बताउँछन्। यस्तो परिस्थितिमा लकडाउनको कारण तिब्बत क्षेत्रमा अडकिएका सामानहरू देश छिराउन सरकारले उचित पहल उठाइदिनु पर्ने उनीहरूले आग्रह पनि गरेका छन्। सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालकाअनुसार नाका सञ्चालनबारे कुनै पनि औपचारिक सूचना स्थानीय स्तरमा आएको छैन । ‘नाका ठप्प छ, अनिश्चतता बढेको छ,’ प्रजिअ खनालले भने, ‘व्यवसायीहरुले नाका खुलाउन पहल गर्नु पर्ने गुनासो गर्न सुरु गरेका छन् ।’
चीनमा अप्नाइएको जिरो कोभिड पोलेसीको कारण चीनलाई चुनौतिहरूको सामना गर्नु परिरहेको छ। विश्वका थुप्रै देशहरूले कोरोनासँगै जीवन जिउन सिकिसकेका छन् भने चीन अझै पनि कोरोनाको अघि नतमस्तक बनिरहेको छ। चीनको कोरोना नीतिको प्रभाव नेपालमा पनि देखिएको छ। यदि चाँडै सरकारको तर्फबाट सिगात्सेमा अड्किएका कन्टेनरहरू छिराउन उचित पहल नचाले करोडौँको घाटा झेल्नु पर्नेछ।