प्रचण्डले भने ‘भारतमा आरजु र मबिच कति बुँदे सहमति भयो भनेर चीनले समेत चासो राख्यो’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफु दिल्ली भ्रमण रहेका बेला नेपाली कांग्रेकी नेतृ आरजु राणालाई भेटेको विषयलाई लिएर चिनले चासो देखाएको बताएका छन् ।

शुक्रबार पोरखामा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले पत्रकारले राखेको जिज्ञासामा यस्तो बताएका हुन् ।यस विषयमा आफुलाई चीनमा रहेका नेपाली राजदुतले समेत आरजुसँग भारतमा कति बुँदे सहमति गर्नुभयो रे भनेर सोधिएकोमा अचम्म लागेको अध्यक्ष प्रचण्डले बताए ।

प्रचण्डले भने, ‘झूटो र निराधार कुराको यति ठूलो प्रचार गरिनुबाट कहीं न कहीं प्रतिगमन र प्रतिक्रान्तिकारी शक्तिहरू निकै सक्रिय छन् ।’ यस विषयमा चीनले पनि वडो चासोको रुपमा लिएको प्रचण्डले बताए ।

दूतावासमा आफुलाई बिहान ब्रेकफास्टका निम्ति राजदूतले बोलाएकोले आफु त्यहाँ गएको बताएका प्रचण्डले आरजु पनि त्यहाँ भएकाले आफ्नो सामान्य औपचारिकता र स्वास्थ्य लाभको कामनाबाहेक अरु कुनै पनि कुरा त्यहाँ नभएको बताए ।