नयाँ जम्मू कश्मीर: अमित शाहले ३२ वर्षपछि सहिदहरु सम्मानित
२६ भाद्र २०७९, आईतवार

जम्मू-काश्मीरको माटोका लागि आफ्नो बलिदानी दिएका ३२ जना सहिदहरुलाई गृहमन्त्री अमित शाहले सम्मान गरेका छन्।
३२ वर्षसम्म जम्मु कश्मीरमा तिरंगालाई उचाइमा राख्नका लागि आफ्नो जीवनको बलिदान दिने शहीदहरू गुमनाम नायकहरू थिए। किनभने पूर्व शासकहरूले उनीहरूका लागि कुनै पनि कुरा सोचेनन् । तर, ‘नया जम्मू–काश्मीर’ मा सहीदहरूको बलिदानलाई सम्झँदै उनीहरुको नाम सुनौलो अक्षरमा लेखिएको छ ।
भारतले आफ्नो ७६ औं स्वतन्त्रता-दिवस मनाउने क्रममा, लेफ्टिनेन्ट गभर्नर मनोज सिन्हाको नेतृत्वमा जम्मू-काश्मीर प्रशासनले १९९ स्कूल, कलेज र सडकहरूलाई प्रतिष्ठित व्यक्तित्वहरू र वर्दीमा शहीद नायकहरूको नाममा पुनर्नामाकरण गर्ने घोषणा गर्यो।
१९९ परियोजनाहरू मध्ये, १३२ को जम्मु काश्मीर प्रहरीका शहीदहरूको नाममा नामकरण गरिएको छ। विगत ३२ वर्षको पाकिस्तान प्रायोजित प्रोक्सी युद्धमा प्रहरी र अन्य सुरक्षा बलका कर्मचारीहरूले आतंकवादी र पृथकतावादीहरूको दबाबमा झुकेनन् र अन्तिम साससम्म लड्दै तिनीहरूको नाकाम योजनालाई विफल पारे।
फेसबुकबाट तपाईको प्रतिक्रिया