भेरी अस्पतालमा आजदेखि बिरामीलाई निःशुल्क रगत
२० भाद्र २०७९, सोमबार

नेपालगन्जः भेरी अस्पताल नेपालगन्जमा उपचाररत् विरामीहरुलाई आजदेखि निःशुल्क रगत उपलब्ध गराउन सुरु गरिएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री मो इस्तियाक राईले बिरामीका आफन्तलाई निःशुल्क रुपमा रगतको प्याकेट हस्तान्तरण गरी सेवा सुरु गर्नुभएको हो ।
यसअघि सट्टा रगत अथवा रक्तदाता संस्थाको सिफारिसमा रक्तसञ्चार केन्द्रबाट सशुल्क रगत लिंदै आएका थिए । भेरी अस्पतालले सरकारको नीति अनुसार आजदेखि निःशुल्क रगत अस्पतालमा उपचचाररत् बिरामीहरुलाई उपलब्ध गराउन थालेको हो ।
त्यसका लागि भेरी अस्पतालले रेडक्रसद्वारा क्षेत्रीय रक्तसञ्चार केन्द्रसँग सम्झौता गरेको छ । रेडक्रसको ६० औं स्थापना दिवस पारेर आज आयोजित औपचारिक कार्यक्रममा अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा बद्री चापागाई र रेडक्रस बाँकेका मन्त्री अजिज अहमद सिद्दिकी बीच यसअघि भएको निर्णय आदानप्रदान गरेर सेवा सुरु भएको घोषणा गरिएको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया