कोभिड—१९ को संक्रमण चीनको दक्षिण पश्चिमी सहरमा बढेपछि मानिसहरुलाई घर बाहिर निस्कनमा पूर्ण रुपमा प्रतिबन्ध लगाउदै
१९ भाद्र २०७९, आईतवार

बेइजिंङ । कोभिड—१९ को संक्रमण चीनको दक्षिण पश्चिमी सहरमा बढेपछि मानिसहरुलाई घर बाहिर निस्कनमा पूर्ण रुपमा प्रतिबन्ध लगाउदै उक्त शहरमा लकडाउन गरेको छ ।
चीनका अधिकारीहरूले कोभिड–१९ को सक्रमण बढ्दै गएपछि दक्षिणपश्चिमी सहर चेङ्दुलाई लकडाउन गरेको हो । चेङ्दुका २१ मिलियन मानिसहरूलाई घरमै बस्न भनिएको छ, र सहर जाने र आउने झन्डै ७०% उडानहरू निलम्बन गरिएको छ । परीक्षणको नतिजा नेगेटिभ देखिएपछि प्रत्येक परिवारबाट एकजना सदस्यले अत्यावश्यक वस्तुहरू किन्न घर छोड्न पाउने व्यवस्थापन चिनियाँ सरकारले गरेको बताइएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया