चीनमा हाहाकार
१९ भाद्र २०७९, आईतवार

विश्वमा आफ्नो वर्चस्व कायम गरेर विश्वलाई आफ्नो मुठ्ठीमा पार्ने सपना देख्ने चीनमा अहिले हाहाकार छ। भनिन्छ प्रकृतिको अघि कसैको केही लाग्दैन। जस्तै मै हुँ भन्ने पनि प्रकृतिको अघि नतमस्तक हुनै पर्छ।
तर प्रकृतिलाई पनि चुनौति दिन खोज्ने चीनको अहिले अवस्था सोचनीय बनेको छ। एकातिर देशको अर्थव्यवस्था ढलपल भइरहेको छ भने अर्कोतिर भीषण गर्मीको कारण चीनका जनता मर्कामा परेका छन्। यस प्राकृतिक आपदले गर्दा अहिले चिनियाँ राष्ट्रपतिको निर्दा खल्बलिएको छ।
चीनका नागरिक अहिले भीषण गर्मी, खडेरी र लू-को कारण विपदमा परेका छन्। चीनको अधिकांश भागहरूमा वर्षा भएको छैन। भीषण गर्मीको कारण मानिसहरूको जीवन त्राहिमाम् भइरहेको छ। किसानहरूको फसल बरबाद भइरहेकोछ भने अर्कोतिर प्रमुख उद्योगहरू पनि बन्द हुने स्थितिमा छन्।
नदी र जलाशयहरूमा पानी सुकिसकेको छ भने कतिपय स्थानहरूमा जलस्तर न्यूनतम स्तरमा पुगेको छ। यस्तो अवस्थामा बिजुली सङ्कटको कारण पनि देश चिन्तामा डुबेको छ। बिजुलीको अभावको कारण थुप्रै कारखानाहरू बन्द भएका छन्। उत्पादन ठप्प भएको छ। विश्वमा एकछत्र शासन गर्ने सपना देख्ने चीनको अवस्था एकदमै सोचनीय भएको छ।
चीनको यस्तो स्थितिको प्रभाव विश्वमा पनि पर्न सक्ने आशंका पनि गरिँदैछ। यदि यस्तै स्थिति भइराख्यो भने चीनी उत्पादहरूको सप्लाई विश्वभरिमा बाधित हुनेछ अनि वैश्विक खाद्य सङ्कट गहिरो हुने आशंका पनि व्याप्त हुनेछ। चीनमा गत दुई महिनादेखि प्रचण्ड गर्मी भइरहेको छ। थुप्रै सबवे स्टेशनहरूलाई आराम क्षेत्र भनाइएको छ।
आफूभन्दा सानो देश ताइवानलाई अकड देखाइरहेको चीनमा यतिखेर हाहाकार छ। चीन १४४ वर्षमा सबैभन्दा नराम्रो स्थितिमा पुगेको बताइएको छ। देशको सबैभन्दा ठुलो नदी याङ्ग्त्जीसमेत ६६ नदीहरू सुकिसकेका छन्।
चीनको जल संशाधन मन्त्रालयअनुसार याङ्ग्त्जी नदीको माथिको भागमा जलस्तर आफ्नो सबैभन्दा निम्न स्तरमा पुगिसकेको छ। यो त्यही नदी हो जसको माध्यमले आधाभन्दा धेर आबादीलाई पिउने पानी प्राप्त हुँदछ। यसअतिरिक्त यसै नदीद्वारा नै हाइड्रोपावर, ट्रान्सपोर्टको काम पनि हुन्छ। खेतीको लागि पनि यही नदीको पानी प्रयोग हुँदछ।
आखिर चीनमा खडेरीको कारण के हो त भन्ने प्रश्नको जवाफमा द वाल स्ट्रीट जनरलले एउटा रिपोर्ट जारी गरेक छ। जसअनुसार चीनमा यसपाली ४० प्रतिशतभन्दा कम वर्षा भयो। यहाँ १९६१ पछि यसपाली सबैभन्दा कम वर्षा भएको हो। त्यहीँमाथि लगातार गर्मी पनि बढिरहेको छ। चीनका धेरैजसो शहरहरूमा तापमान ४९ डिग्री सेल्सियससम्म पुगेको छ।
गर्मीको कारण बिजुलीको खपत लगातार बढीरहेको छ भने हाइड्रोपावरबाट उत्पादन हुने बिजुलीको उत्पादन घटेको छ। खेतीपाती गर्ने किसानहरू पनि पीरमा छन्। किनभने गर्मीको प्रभाव खेतीम पनि परेको छ र खेतीका लागि पानीको माग पनि बढिरहेको छ। पानीको माग बढेपछि नदीबाट सिँचाईका लागि अधिक मात्रामा पानी लिइएको थियो। जसको कारण चीनको सबैभन्दा ठुलो नदी याङ्ग्त्जी धेरैवटा ठाउँहरूमा सुकिसकेको छ। यसको आकार पनि धेरै सानो भएको बताइएको छ।
गर्मीको प्रभाव चीनको जियांगसी प्रान्तमा पनि परेको छ। भयङ्कर गर्मीले पोयाङ्ग झीलको आकार घटेको छ। चीनमा यतिखेर एकपछि अर्को सङ्कट आइलागेको छ। कही पनिको सङ्कट त कहीँ बिजुलीको सङ्कट बढ्दै जाँदैछ। कारखानाहरू, सपिङ्ग मलहरू बन्द छन्। कतै फसल बरबाद भएको छ भने कतै यातायातमा पनि प्रभाव परेको छ। दुःखमाथि भुक्तमान भनेजस्तै सिन्चुआन प्रान्तमा तापमान बढेको कारण जङ्गलमा आगो लागेको छ।
यसैले यहाँ बसोबास गर्दै गरेका १५०० मानिसहरूलाई सुरक्षित स्थानमा लगिएको छ। चीनका केही स्थानहरूमा पिउने पानीका लागि मानिसहरू तड्पिरहेका छन्। ट्रकको माध्यमबाट पानी सर्वाराह भइरहेको छ। १९ अगस्तको दिन चीनले ९ वर्षपछि पहिलोपल्ट राष्ट्रीय खडेरीको घोषणा गर्नु परेको थियो। चीनमा यतिखेर खाद्य सङ्कटको खतरा बढेको छ।
प्राकृतिक आपदासँग जुझिरहेको चीनमा आर्थिक हालत पनि खराब बन्दै गएको छ। चीनको आपातकाल मन्त्रालयले जारी गरेको आँकडाअनुसार केवल जुलाई महिनामा गर्मीको कारण चीनलाई २.७३ यूआन अथवा ४०० मिलियन डलरको घाटा भएको छ। यसको नकारात्मक प्रभाव ५५ लाख मानिसहरूमा परेको छ। चीनको मौसम वैज्ञानिकहरूको अनुमानअनुसार यस प्रकारको गर्मी अझ एक हप्तासम्म जारी रहनेछ।
फेसबुकबाट तपाईको प्रतिक्रिया