वैश्विक व्यवस्थाको लागि चीन खतरा बनिरहेको छ: ताइवान
१९ भाद्र २०७९, आईतवार

ताइवान र चीनलाई लिएर एकपल्ट फेरि अन्तर्राष्ट्रीय स्तरमा नै चर्चा हुन थालेको छ।
ताइवानमा अमेरिकी स्पीकर नेन्सी पेलोसी र सीनेटर मार्साको भ्रमणदेखि नै चीन आत्तिएको छ। अमेरिकाका उच्च अधिकारीहरूको ताइवान भ्रमणले गर्दा रातोपिरो भएको चीनले बारम्बार अमेरिकी अधिकारीहरूको ताइवान भ्रमणको विरोध गर्दै आइरहेको छ।
उनीहरूको भ्रमणको विरोधमा बयानहरू मात्र नदिएर चीनले ताइवानको डिफेन्स जोनमा २१ वटा एयरक्राफ्ट उडाएर चेतावनी समेत दिइरहेको छ। अर्कोतिर चीनको यस प्रकारको हरकतले अलिकति पनि असंयमित नबनेको ताइवानले भने चीनसँग आँखा जुधाउँदै चीनलाई विश्वको निम्ति ठुलो खतराको संज्ञा दिएको छ।
ताइवानका नेताले शुक्रबार बीजिङ्गद्वारा उनको देश नजिक वृहत स्तकमा सैन्य अभ्यास र युक्रेनमाथि मस्कोको हमलालाई इङ्गित गर्दै चीन र रूसलाई “वैश्विक व्यवस्थालाई बाधित गरेर त्यसका लागि खतरा बनिरहेको” बताएका छन्। ताइवानका राष्ट्रपति साई इंग वेनले अमेरिकाकी सीनेटर मार्सा ब्लेकबर्नसँग ताइपेमा भएको बैठकअवधि उक्त बयान दिएका हुन्। अमेरिकी संसदको प्रतिनिधि सभाकी अध्यक्ष नेन्सी पेलोसीको यसै महिना भएको यात्रापछि हाल ताइवानमा अमेरिकी सासंदको यो दोस्रो भ्रमण हो।
अवगत गराइन्छ, ताइवानमा पेलोसीको भ्रमणलाई लिएर चीनले असन्तुष्टि व्यक्त गरेको थियो। यसै असन्तुष्टिलाई व्यक्त गर्दै चीनले ताइवान द्वीपनजिक सैन्य अभ्यास गरेको थियो। जसमा थुप्रै मिसाइल तेर्साइएको थियो अनि दर्जनौँ युद्धपोत तथा युद्धक विमानहरूले यसमा भाग लिएका थिए। केही युदधपोतहरूले ताइवान जलडमरूमध्यमा मध्य रेखालाई पनि पार गरेका थिए।
जुन क्षेत्रले लामो समयदेखि दुवै पक्षको बीच ‘बफर जोन’ अथवा मध्यवर्ती क्षेत्रको रूपमा काम गरिरहेको छ। चीन ताइवानलाई आफ्नो क्षेत्र मान्दछ र आफ्नो अधिन बनाउने प्रयासमा लागिपरेको छ। आवश्यकता परेको खण्डमा सैन्य बलद्वारा ताइवानमा नियन्त्रण स्थापित गर्ने ताकमा छ चीन।
एकातिर चीनलको ताइवानप्रतिको व्यवहार रूखो रहेको छ भनी अर्कोतिर चीनले रूससँग आफ्नो सम्बन्ध बलियो गरेको छ। त्यहीँ युक्रेनमाथि रूसको हमलाप्रति पनि चीनले मौन समर्थन गरेको छ। साई भनाइअनुसार “यी सबै घटनाक्रमहरूद्वारा के थाहा लाग्दछ भने कुन प्रकारले निरंकुश शासन भएका देश विश्व व्यवस्थालाई बाधित गरेर त्यसका लागि खतरा बनिरहेका छन्।”
अमेरिकाको टेनेसीबाट रिपब्लिकन पार्टीकी सीनेटर ब्लैकबर्नले दुवै सरकारको बीच साझा मुल्यहरूको उल्लेख गर्दै ताइवानलाई एउटा स्वतन्त्र राष्ट्रको रूपमा समर्थन गर्नका लागि काम गर्न जारी राख्ने बताइन्।पछि विदेश मन्त्रालयको इन्स्टीट्यूट अफ डिप्लोमेसी एण्ड इन्टरनेशनल अफेयर्समा आफ्नो टिप्पणीको क्रममा ब्लेकबर्नले ती नेताहरूको पनि आलोचना गरिन् जो निरङ्कुश शासकहरूको खतरालाई गम्भीरतापूर्वक लिन विफल भएका छन्। यद्यपि तिनले ती नेताहरूको पहिचानबारे केही बताइनन्।
उनले चीनका राष्ट्रपति तथा सत्ताधारी कम्युनिष्ट पार्टीका नेता शी जिनपिङ्गले ताइवानको सुरक्षालाई खतरामा हाल्न यस कारणले बन्द गर्दैनन् किनकि त्यो सबैको सर्वश्रेष्ठ हितमा हुनेछ भन्दै चीनका राष्ट्रपतिको पनि खोइरो खनिन्। जिनपिङ्गलाई इङ्गित गर्दै तिनले भनिन् “ती एक आम नेता होईनन्। अनि बाँकी विश्वसँग सामान्य प्रतिक्रियाहरू वा सम्बन्धमा तिनको कुनै प्रकारको रूचि छैन।”
अवगत गराइन्छ ताइवानमा उच्च स्तरीय विदेश प्रतिनिधिहरूको यात्रालाई चीनले आफ्नो व्यक्तिगत मामिलामाथि हस्तक्षेप मान्दछ र त्यसलाई ताइवानको सम्प्रभुताको वास्तविक मान्यताको रूपमा हेर्दछ।
फेसबुकबाट तपाईको प्रतिक्रिया