ऋण दिएर सार्वभौमिकता हत्याउने चीनको चाल
१६ भाद्र २०७९, बिहीबार

चीनको विस्तारवादी नीतिहरू एशियाका लागि मात्र नभएर सम्पूर्ण विश्वकै लागि खतरा बन्दै गइरहेको छ। श्रीलङ्का र पाकिस्तानलाई आर्थिक सङ्कटको भुमरीमा पार्नमा मुख्य भूमिका निर्वाह गरेको चीनको वक्रदृष्टि विश्वका अन्य देशहरूमा पनि पर्न थालेको छ। चीन हाल पूर्वी एशियाई देश कम्बोडियालाई बरबाद पार्नमा तल्लिन रहेको छ। थाइल्याण्डको खाडीको किनारमा अवस्थित यस देशलाई पनि चीनले भारी मात्रामा ऋण दिएको छ। ऋणको जालोमा परेको कम्बोडियामा अवस्था यति धेरै खराब भइसकेको छ कि चीनको ऋण चुक्ता गर्नका लागि कोम्बडियालाई रीम नेवल बेसलाई लिजमा दिनु परिरहेको छ।
वर्ष २०१० सम्म रीम नेवल बेस अमेरिका र कम्बोडियाको संयुक्त नौसैनिक अड्डा हुने गर्थ्यो। तर, चीनलाई दिने हतारोमा कम्बोडियाको सरकारले उक्त नौसैनिक अड्डामा निर्मित अमेरिकाको दुईवटा बिल्डिङ्गलाई पनि ध्वस्त बनाइदियो। यति मात्र नभएर गत वर्ष जब अमेरिकाका डिफेन्स अताशे कर्नल मार्कस एम फेराराले रीम नेवल बेसको भ्रमण गरेर स्थितिबारे जान्ने प्रयास गरे तब उनलाई यसको अनुमति दिइएन। हालै मात्र प्राप्त सेटेलाइट इमेजबाट चीनले उक्त क्षेत्रमा वृहत मात्रामा इन्फ्रास्ट्रक्चर निर्माण गरेको खुलासा भएको छ। यति मात्र नभएर उक्त नेवल बेसको छेउछाउका क्षेत्रहरूमा चीनी निजी कम्पनीहरूले थुप्रै रिसोर्ट र होटलहरूको पनि निर्माण गरेका छन्।
रीम नेवल बेसको नजिक चिनियाँ जमघट बढेको छ। निक्केई एशियाको रिपोर्टअनुसार कम्बोडियाका प्रधानमन्त्री हुन सेनले चीनी निवेशका लागि रेड कार्पेट नै ओछ्याएका छन्। यसै कारणले अधिक मात्रामा चीनी कम्पनीहरू रणनीतिक रूपले महत्त्वपूर्ण स्थानहरूमा आधारभूत ढाँचाहरू निर्माण गरिरहेको छ। रीम नेवल बेस नजिकै अवस्थित सिहानोकविले नामक स्थान त चीनी कलोनीको रूपमा रूपान्तरित भइसकेको छ। यहाँनेर चीनी कसिनो र होटलहरूको मात्रा ह्वात्तै बढेको छ। एक स्थानीय पत्रकारले बताएअनुसार शहरमा चीनी निवासीहरूको मात्रा अचानक बढेको छ। यी मानिसहरू नेवल बेसको निर्माणमा सामेल छन्। चीनको मण्डापिन भाषा अब कम्बोडियाको शहरमा आम बात हुन थालेको छ। यति मात्र नभएर बाटाघाटा र सडकतिर चीनी भाषामा नै लेखिएका सङ्केत र बोर्डहरू लछेप्रै देख्न थालिएको छ।
कम्बोडियामा चीनको उपस्थिति सिहानोकविलेमा मात्र सीमित नभएर अन्य स्थानहरूमा पनि फैलिसकेको छ। बेसदेखि उत्तर-पश्चिममा लगभग तीन घण्टाको दुरीमा दारा साकोर अन्तर्राष्ट्रीय विमानस्थल छ। यहाँबाट चाँडै फ्लाइटहरूको वाणिज्यिक सञ्चालन सुरु हुने सम्भावना व्यक्त गरिएको छ। यस विमानस्थलको विकास पनि चीनी कम्पनीले गरेको बताइएको छ, जसको लागि ऋण पनि चीनले नै दिएको छ। यस्तो स्थितिमा विमानस्थलको सञ्चालन पनि चीनी कम्पनीकै हातमा रहनेछ। त्यहीँ यस विमानस्थलबाट अधिकजसो उडान पनि चीनकै विभिन्न शहरहरूसम्म सीमित हुने आशंका पनि रहेको छ। रणनीतिक रूपले महत्त्वपूर्ण भएको कारण चीन चाँहदैन कि स्थानीय वा विदेशी निवासीहरूबीच कुनै जासूस उसको नेवल बेसको यथास्थिति बुझ्न त्यहाँ पुगोस्।
रणनीतिक दृष्टिले रीम नेवल बेस एकदमै महत्त्वपूर्ण छ किनकी यो थाइल्याण्डको खाडीको किनारमा अवस्थित छ। यसकै माध्यमले चीनले आफ्नो कट्टर शत्रु भियतनाममाथि नजर राख्न सक्छ। यति मात्र नभएर चीनलाई दक्षिण चीन सागरमा आफ्नो उपस्थिति बढाउने मौका पनि प्राप्त हुन सक्छ।
कम्बोडियामाथि चीनको कति ऋण छ भन्ने विषयमा चर्चा गर्नु पर्दा चीनले वर्ष २०१७ देखि नै कम्बोडियामा अत्याधिक मात्रामा निवेश गर्न सुरु गरको हो। एक रिपोर्टअनुसार कम्बोडियामा चीनको ऋण १० अरब डलरभन्दा अधिक छ। यस्तो स्थितिमा गरीब देशहरूमा सूचीमा सामेल कम्बोडियाले सायदै आफ्नो ऋण तिर्न सक्छ। कम्बोडियाको मोठ विदेशी ऋणमा चीनको अंशदारी ४२.७ प्रतिशत रहेको छ। यस्तो परिस्थितिमा यो अनुमान लगाइँदैछ भने चीनले आफ्नो विस्तारवादी नीतिअनुसार कम्बोडियालाई यति धेरै ऋण दिइसकेको छ कि अब कम्बोडिया चाहेर पनि चीनको फसेलाको विरोधमा जान सक्दैन। चीनको ऋण जालमा अब कम्बोडिया पनि पूर्ण रूपले परिसकेको मानिएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया