चीनको अर्थव्यवस्थामा कोरोनाले पाऱ्यो प्रभाव, चीनले सकेन कोरोनासँग जन-जीवन यापन गर्न
१५ भाद्र २०७९, बुधबार

चीनको अर्थव्यवस्था अहिले कठिन समयमा रहेको विशेषज्ञहरूको भनाइ रहेको छ। यहाँ सम्पत्तिको मूल्य घट्दै गइरहेको छ भने बेरोजगारी पनि बढेको छ। यसको साथै घरेलु आयमा पनि कमी आएको बताइँदैछ। चीनले मागलाई बढाउनका लागि ब्याज दरमा कटौती गरेको छ। चीनको यो सङ्कट दुनियाँको लागि पनि सङ्कट बन्न सक्ने विशेषज्ञहरूले आशंका व्यक्त गरेका छन्।
महगाँइको दर अधिक भएको कारण प्रमुख वैश्विक अर्थव्यवस्थाहरूको विकास सुस्त भएको छ। रूस अनि युक्रेनको बीच चलिरहेको युद्धको सोझो असर अर्थव्यवस्थामाथि परेको छ। कैँयौँ अर्थशास्त्रीहरूले चीनले फेरि पनि विश्वलाई अर्थसङ्कटबाट उकास्ने आशा व्यक्त गरेका भए पनि यो समय २००८ को होईन। जब चीनको अर्थव्यवस्था तीब्र गतिमा बढिरहेको थियो अनि चीनी सरकारको तर्फबाट गरिएको प्रोत्साहन कार्यक्रमहरूले पश्चिमी देशहरूलाई आर्थिक सङ्कटसँग चाँडो जुझ्नका लागि सहयोग गरेको थियो। यसपल्ट त चीनमा नै अर्थव्यवस्थाको सङ्कट बढेर गएको छ।
सरकारको तर्फबाट गरिएका सम्पूर्ण प्रयासहरूपछि पनि देशले सकल घरेलु उत्पाद (जीडीपी) को यस वर्षको वृद्धि दर ५.५ प्रतिशतको लक्ष्यबाट पछि हट्नु पऱ्यो। चीनका प्रधानमन्त्रीले गत महिना भनेका थिए कि अब अर्थव्यवस्थामा मुद्राको प्रवाहलाई बढाउने आवश्यकता छ। साथै उनले सरकारी अधिकारीहरूसँग यस प्रकारको अवस्थालाई स्थिर बनाउनका लागि तत्काल केही पाइला चाल्ने आग्रहसमत गरेका थिए।
चीन विश्वको दोस्रो सबैभन्दा ठुलो अर्थव्यवस्था हो। देशमा लागु गरिएका शुन्य-कोभिड नीतिको कारणले यहाँ व्यापार र उपभोक्ता गतिविधिहरू धेरै मात्रामा प्रभावित भएको थियो। थुप्रै शहरहरूमा महिनौँसम्म श्रमिकहरूलाई श्रम गर्नदेखि पनि रोकिएको थियो, जसको कारण व्यापार नै ठप्प भएर गयो। हाल ठुलो सङ्कटलाई लक्ष्य गरेर सरकारले आफ्नो शून्य-कोभिड नीतिबाट पछि सरेको छ। चीनी नेताहरूले यस प्रकारको कार्यवाहीप्रति खुशी व्यक्त गरेका छन्।
वास्तवमा, चीनमा कोभिड रोकथामलाई लिएर कडा नीति लागु गरिएको थियो। चीनको शून्य-कोभिड नीतिअन्तर्गत भाइरस कहीँ देखा पर्ने बित्तिकै तत्काल लकडाउन गरिने अनि लामो अवधिसम्म क्वारन्टाइन लागु गरिन्थ्यो। यसको सोझो प्रभाव व्यापार र ग्राहकमाथि पर्थ्यो। चीनको सबैभन्दा ठुलो शहर सङ्घाईलाई हालैमा कोभिड-१९ को नयाँ मामिलाहरूको कारण दुई महिनाका लागि पूर्ण रूपमा बन्द गरिएको थियो। यस अवधि सप्लाई चेन कमजोर भएको बताइएको छ। त्यहाँका फ्याक्ट्रीहरूले बाध्य भएर आफ्नो काम बन्द गर्नु परेको थियो। जसको कारण देशमा बेरोजगारी बढ्यो अनि घरेलु आय पनि कम भएको बताइएको छ।
चीनले कोरोना भाइरससँग जीवन यापन गर्न सकेन
बर्लिनस्थित मर्केटर इन्स्टीट्यूट फर चाइना स्टडीजका वरिष्ठ विश्लेषक जैकब गुन्टरले डीडब्ल्यूलाई बताएअनुसार , विश्वका अन्य देशहरूले जसरी कोभिडको सामना गरे, त्यस्तो प्रकारले चीनले गर्न सकेन। चीनले कोभिडसँगै लडेर जीवन यापन गर्न सकेन। यसैले यदि देशमा अचानक भाइरस फैलिँदा आर्थिक अराजकता उत्पन्न हुने गर्दछ। अर्को कुरा के हो भने हालैमा सरकारले ऋण लिएर रियल स्टेट कम्पनीहरूमाथि ठुलो कार्यवाही गरेको छ। जसको कारण त्यहाँ रियल स्टेटको क्षेत्रमा अभूतपूर्व सङ्कट् छाएको छ।
गुन्टरले अझ बताएअनुसार विश्वमा जे भइरहेको छ, चीन त्यसको विपरित कदम उठाइरहेको छ। विश्वको अन्य देशहरूमा जहाँ ब्याङ्कहरूले दरलाई बढाएका छन्, त्यहीँ चीनले कम गरेको छ। यस वर्षको मे महिनामा चीनले लकडाउनबाट बाँच्नका लागि ५० वटा नीतिगत उपायहरूको घोषणा गरेको थियो। जसमा व्यापारी र उपभोक्ताहरूका लागि कर राहत र अन्य सब्सिडी सामेल छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया