अमेरिकाले रोक्यो चीनको २६ वटा उडान
१५ भाद्र २०७९, बुधबार

संयुक्त राष्ट्र अमेरिकाले कोभिड–१९ का कारण २६ वटा चिनियाँ उडान माथि रोक लगाएका छन् ।
अमेरिकी सरकारले चार चिनियाँ ध्वजा वाहकहरूद्वारा चीन जाने २६ उडानहरुको उडान माथि रोक लगाएका हुन् ।
चीन सरकारले कोभिड–१९ को मामिलामा केही अमेरिकी उडानहरू स्थगित गरेपछि अमेरिकाले पनि चिनियाँ उडानलाई रोक लगाएको छ । निलम्बन एयर चाइना, सियामेन एयरलाइन्स, चाइना सदर्न एयरलाइन्स र चाइना इस्टर्न एयरलाइन्सलाई सेप्टेम्बर ६ देखि सेप्टेम्बर २८ सम्म लागू रहने छ । वाशिंगटनमा चिनियाँ दूतावासले यो कदमलाई “अत्यन्त गैर जिम्मेवारपूर्ण” भनेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया