कोलकाताबाट ३० हजार मेट्रिक टन मलखाद आइरहेको छ : कृषिमन्त्री यादव
१३ भाद्र २०७९, सोमबार

मलखादकाे समस्या छिट्टै समाधान हुने भन्दै संघीय सरकारका कृषि तथा पशुपंक्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादवले मलखाद आइरहेको बताएका छन् । गृहजिल्ला सप्तरीको राजविराजमा जनता समाजवादी पार्टीले शनिबार आयोजना गरेको कार्यक्रममा मन्त्री यादवले उक्त जानकारी दिएका हुन् ।
अब मलखाद आइरहेको छ, ३० हजार मेट्रिक टन आयो, ३० हजार मेट्रिक टन कोलकातामा प्याकिङ भई आउने क्रममा छ,’ मन्त्री यादवले भने ।
रुस र युक्रेनबीचको युद्धका कारण मलखादको हाहाकार भएको बताए । ‘मलखादको लागि ग्लोबल टेण्डर समयमै भएको थियो तर रुस र युक्रेनबीचको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा भाउ अत्यधिक बढ्यो,’ मन्त्री यादवले भने,‘टेण्डर साकार गरेका ठेकेदार कम्पनीले मलखाद ल्याउन सकेन, उसको धरौटी जफत र कारबाही आफ्नो ठाउँमा छँदैछ तर खेतीको समयमा मलखाद आउन सकेन ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया