इस्लामिक स्टेटका १८ सय लडाकुलाई रिहा गरेको तालिबानले स्वीकार गरेन
१३ भाद्र २०७९, सोमबार

अफगानिस्तान: अफगानिस्तानमा गत वर्ष तालिबानले सत्ता कब्जा गरेसँगै १८ सय भन्दा धेरै इस्लामिक स्टेटका लडाकु जेलबाट रिहा भएको तालिबानले जनाएको छ ।
तालिबानका कार्यवाहक विदेशमन्त्री अमिर खान मुत्ताकीले जनाएअनुसार गत वर्ष तालिबानले बाग्राम र पुल ए चार्खीमा रहेका जेलबाट १८ सयभन्दा धेरै इस्लामिक स्टेटका लडाकुलाई रिहा गरिएको जनाएका हुन् ।
द फ्रन्टियर पोस्ट्ले जनाएअनुसार विदेशमन्त्री मुत्ताकीले इस्लामिक स्टेटका लडाकुलाई रिहा गरिएको स्वीकार गरेका हुन् । यद्यपि उनले हाल आफ्नो समूह मजबुत भइसकेको एवम् इस्लामिक स्टेटविरुद्ध लड्न सक्षम रहेको समेत दाबी गरेका छन् ।
उनले गत वर्ष आफ्ना लडाकुले मुलुकको जवजवान प्रान्तमा इस्लामिक स्टेटका केही लडाकुलाई घेराबन्दीमा पारेको भएपनि पूर्ववर्ती सरकारले उनीहरुलाई राजधानी काबुलतर्फ लगेको समेत दाबी गरे ।
फेसबुकबाट तपाईको प्रतिक्रिया