मलेसियामा अल्पसङ्ख्यकमाथि दमन बढेको भन्दै मानव अधिकारवादीको चिन्ता
२७ असार २०७९, सोमबार

मलेसियामा अल्पसङ्ख्यकमाथि दमन र साम्प्रदायिकता बढेको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।
दक्षिणपूर्वी एसियाली मुलुक मलेसियामा शिया, अहमदियालगायत साम्प्रदायिक अल्पसङ्ख्यकहरुमाथि दमन बढ्न थालेको भन्दै मानव अधिकारवादीहरुले चिन्ता व्यक्त गरेका हन् ।
मलेसियन मानवअधिकावादी अभियन्ता मोहद फैजल मुसाले आफ्नो मुलुकमा अल्पसङ्ख्यकमाथि दमन बढेको बताएका हुन् ।
कतारी टेलिभिजन च्यानल अल जजीराका अनुसार बहुसङ्ख्यक शिया मुलुक इरान र बहुसङ्ख्यक सुन्नी अरब मुलुकहरुबीच तनाव बढ्दै जाँदा त्यसको प्रभाव मलेसियन समाजमा पनि देखा परेको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया