अमेरिका भारतको लागि साथ दिने छ : अमेरिका
२० असार २०७९, सोमबार

मस्कोसँग नयाँ दिल्लीको सम्बन्ध धेरै दशकहरूमा विकसित भएको कुरालाई ध्यानमा राख्दै वाशिंगटन त्यसका लागि तयार थिएन भन्ने स्टेटमेन्ट अमेरिकी स्टेट डिपार्टमेन्टले जारी गरेको छ । साथै विधागले संयुक्त राज्य अमेरिका भारतको लागि साथ दिने छ भन्ने वाक्याशं पनि प्रयोग गरिएको हो ।
हामीले हाम्रा भारतीय साझेदारहरूसँग धेरै छलफल गरेका छौं, र हामीले मनन गरेको कुरा के हो भने प्रत्येक देशको मस्कोसँग फरक सम्बन्ध हुन सक्छ , अमेरिकी विदेश विभागका प्रवक्ता नेड प्राइसले पत्रकार सम्मेलनमा भने।
रुससँग भारतको सम्बन्ध धेरै दशकहरूमा निर्माण भएको हो र यसका अलावा हामी अमेरिकाले पनि चाहिएको बेला भारतीय साझेदारहरुलाई सहयोग गर्ने छौं भन्ने हामी स्पष्ट पार्न चाहन्छौं, नेड प्राइसले बताएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया