नेपालमा चिनियाँ अधिकारीहरुको सक्रियता बढ्दै
१७ असार २०७९, शुक्रबार

नेपालमा चिनियाँ अधिकारीहरुको सक्रियता बढ्दै गएको छ । २०७४ सालदेखि चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को चहलपहल निकै नै बढेको हो । चिनियाँ अधिकारीहरुकै कारण नेपालमा तत्कालीन अवस्थामा एमाले र माओवादी केन्द्रबीच एकता भएर नेकपा पार्टी बनेको थियो ।
सत्ताको रसास्वादनमा डुबेपछि झण्डै दुई तिहाईको दल एकाएक टुक्रियो र पुरानै अवस्थामा पुगे । जसका कारण हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा एमालेको अवस्था निकै खस्कियो । माओवादीले नेपाली कांग्रेस र सत्ताधारी गठबन्धनसँग चुनावी तालमेल गरेपछि सुधार ल्यायो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया