जनकपुर आइपुग्यो धार्मिक पर्यटक बोकेको ‘भारतीय गौरव पर्यटन रेल’
१४ असार २०७९, मंगलवार

१४ डिब्बामा करिब ५ सय धार्मिक यात्रु बोकेर ‘भारतीय गौरव पर्यटन रेल’ जनकपुर स्टेशनमा आइपुगेको छ ।
जनकपुरधाम रेलवे स्टेशनमा नेपाल र भारतका प्रतिष्ठित व्यक्तित्वहरूले ‘भारत गौरव’ ट्रेनमा आएका पर्यटकहरूलाई स्वागत गरेका थिए । सो क्रममा मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, मधेश प्रदेशका उद्योग, पर्यटन तथा वनमन्त्री शत्रुघ्न महतो, जनकपुरधामका मेयर मनोजकुमार शाह, नेपाल रेलवेका महाप्रबन्धक निरञ्जन झा, काठमाडौंस्थित भारतीय राजदूतावासका काउन्सिलर प्रसन्न श्रीवास्तव र वीरगन्जस्थित भारतीय महावाणिज्य दूत नितेश कुमार स्वागतका लागि उपस्थिती रहेका थिए ।
पर्यटकहरूले जानकी मन्दिरको दर्शन गर्ने छन् । जानकी मन्दिर परिसरमा सांस्कृतिक कार्यक्रम हेर्ने तथा गंगा आरतीमा सहभागी हुने कार्यतालिका रहेको छ । रेल्वे सेवा सुरु भएपछि पहिलो पटक भारतीय रेल नेपाल आएको हो ।
मंगलबार साँझ सफदरगञ्ज, नयाँ दिल्ली रेल स्टेशनबाट प्रस्थान गरेको सो रेल ३ दिनपछि अयोध्या, नन्दीग्राम हुँदै रामायणकालीन स्थानहरुको भ्रमण गरेर नेपाल आएको हो ।
शनिवार पुनः भारत फर्कने सो रेलले बनारस, प्रयागराज, चित्रकुट, पञ्चवटी, नसिका, हम्पी, रामेश्वरम, काँचिपुरम, भद्राचलम हुँदै सफदरगञ्ज पुग्नेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया