पाकिस्तानको क्वेटा प्रहरीको कारबाहीमा केही प्रदर्शनकारी कर्मचारी घाइते
१४ असार २०७९, मंगलवार

पुलिसले सोमबार अश्रु ग्यास प्रयोग गरेर बलुचिस्तान कर्मचारी र मजदुर गठबन्धनका प्रदर्शनकारी सदस्यहरू विरुद्ध लाठी चार्जपनि गरेको खबर छ । यि प्रर्दशनकारी कर्मचारीहरु मुख्य मन्त्रीको घर तर्फ मार्च गर्न चाहन्थे। प्रहरीको झडपमा केही प्रदर्शनकारी घाइते भएका छन् ।
रेड जोन नजिकै जम्मा भएका प्रदर्शनकारीहरू मुख्यमन्त्री भवनतर्फ लाग्न थालेपछि सयौंको संख्यामा प्रहरीले रोकेर जबरजस्ती रेड जोन प्रवेश गर्न खोज्दा प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै लाठीचार्ज समेत गरेको थियो ।
बलुचिस्तान कर्मचारी र मजदुर महा गठबन्धनले आफ्ना मागहरू स्वीकार गर्न मुख्यमन्त्री हाउस तर्फ मार्चको घोषणा गरेको थियो ।
गठबन्धनले कर्मचारीको तलब बढाउन माग गरेको छ । अर्कोतर्फ, महा गठबन्धनका अध्यक्ष हाजी हबीबुर रहमान मर्दानजाईले बलुचिस्तानका सबै शैक्षिक संस्था र अन्य सरकारी कार्यालयहरू बन्द गर्ने घोषणा गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया