हामी रूस-युक्रेन संकटमा भारतको अडानलाई सम्मान गर्छौं: भारतका लागि जर्मन राजदूत

भारतका लागि जर्मन राजदूत, वाल्टर जे लिन्डनरले मे 27 मा रूस-युक्रेन संकटमा भारतको स्थितिलाई जर्मनले सम्मान गर्छ भनी बताएका हुन ।

पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै लिन्डनरले भने, “रसिया(युक्रेन, युद्ध) अब ३ महिना पुरानो भएको छ । सुरुमा, संयुक्त राष्ट्र संघमा वार्ताका प्रस्तावहरू पारित गर्ने कुराहरु थिए र त्यहाँ भारतले युद्धको विरोध गर्ने अपेक्षा गरिएका थिए।

भारतले रुस यूक्रेन युद्धमा आफ्नो समबन्ध दुबैतर्फ बिगारेको छैन यद्धपि आज पनि भारत मानवता र शान्तिको स्पष्ट पैरवी गरिरहेको छ, यस अडानमा जर्मन पनि भारतको साथमा छ, राजदुतले बताएका हुन् ।