विनय यादवले किन मागे बीआरआई परियोजनाको सम्पूर्ण विवरण

राष्ट्रिय एकता अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले नेपाल- चीन दुइ देशबीच भएको बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) सम्झौता परियोजनाको सम्पूर्ण विवरण माग गरेका छन् ।

उनले सूचनाको हक सम्बन्धी ऐन २०६४अनुसार परराष्ट्र मन्त्रालयमा निवेदन दर्ता गरी बीआरआई परियोजनाको सम्पूर्ण विवरण माग गरेका हुन् ।

उनले आफ्नो अध्ययन प्रयोजनको लागि आवश्यक रहेको भन्दै बीआरआई परियोजनाको सम्पूर्ण विवरणको प्रमाणित प्रति उपलब्ध गराइ दिन अनुरोध गर्दै निवेदन गर्दा गराएका हुन् ।

उनले दर्ता गरेको निवेदनमा बीआरआई सम्झौताको प्रमाणित प्रतिलिपि उपलब्ध गराउन माग गरेका हुन् । त्यस्तै उनले बीआरआई सम्झौता अन्तर्गत नेपालमा सञ्चालनमा रहेको परियोजनाहरुको नाम र ठेगानासमेत उपलब्ध गराउन माग गरेका हुन् ।

बीआरआई अन्तर्गत नेपालमा सञ्चालित परियोजनाहरुको लागत र लागतको स्रोतको विवरणसमेत उनले माग गरेका छन् ।

बीआरआई अन्तर्गत नेपालमा सञ्चालित परियोजनाहरुमा भएको खर्चमा अनुदान रकम कति र ऋण कति रहेको छ। यदि ऋण रहेको छ भने त्यस रकम को ब्याज इत्यादि विवरण पनि उनले माग गरेका छन् ।