भारतमा राष्ट्रपतिको चुनाव घोषणा
२९ जेष्ठ २०७९, आईतवार

भारतीय निर्वाचन आयोगले राष्ट्रपतिय निर्वाचनको मिति घोषणा गरेको छ । भारतको १५औँ राष्ट्रपतिका लागि जुलाई १८ मा मतदान गर्ने विहिबार घोषणा गरेको हो । राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी दर्ता जुन २९ मा हुने छ ।
वर्तमान राष्ट्रपति रामनाथ कोविन्दको कार्यकाल जुलाई २४ मा सकिँदैछ । रामनाथ कोविन्द देशको १४औं राष्ट्रपति थिए । उनले जुलाई २५, २०१७ मा शपथ लिएका थिए ।
यसरी हुन्छ राष्ट्रपतिको निर्वाचन
राष्ट्रपतिको निर्वाचन आम निर्वाचन जस्तो होइन । यसमा जनताको प्रत्यक्ष सहभागिता नभई जनताबाट निर्वाचित विधायक तथा सांसदहरु सहभागी हुन्छन् । विधायक र सांसदको मतको भार फरक फरक हुन्छ । भारतको संविधानको धारा ५४ अनुसार राष्ट्रपतिको निर्वाचन इलेक्टोरल कलेजबाट हुन्छ । यसका सदस्यहरूको प्रतिनिधित्व समानुपातिक छ । अर्थात्, उनीहरूको एकल मत स्थानान्तरण हुन्छ, तर उनीहरूको दोस्रो रोजाइ पनि गणना हुन्छ ।
यसरी बन्छ निर्वाचक मण्डल
लोकसभा, राज्यसभा र विधानसभाका सदस्यहरू मिलेर राष्ट्रपतिको निर्वाचनका लागि निर्वाचक मण्डल बनाउँछन् । निर्वाचक मण्डल ७७६ सांसदहरू (मनोनित बाहेक) र विधान सभाका ४१२० विधायकहरू मिलेर बनेको छ । इलेक्टोरल कलेजको कुल मान १० लाख ९८ हजार ८०३ रहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया