भारतले दक्षिणपूर्वी एसियाका १० विदेशमन्त्रीको सम्मेलन आयोजना गर्ने

भारतले दक्षिणपूर्वी एसियाली १० मुलुकका विदेशमन्त्रीको सम्मेलन आयोजना गर्ने भएको छ । भारतले यही जुन महिनाको १५ देखि १७ तारिखसम्म दक्षिणपूर्वी एसियाली मुलुकहरु (आशियान) का विदेशमन्त्रीहरुको सम्मेलन अयोजना गर्न लागेको हो ।

दक्षिणपूर्वी एसियामा चीनले प्रभाव विस्तार गरिरहेका बेला भारतले आशियानका १० विदेशमन्त्रीहरुको सम्मेलन आयोजना गर्न लागेको भारतबाट प्रकाशित हुने इकोनोमिक टाइम्सले जनाएको छ ।

भारतले पहिलो पटक आशियानका विदेशमन्त्रीहरुको सम्मेलन आयोजना गर्न लागेको जनाइएको छ ।

सम्मेलनका क्रममा इन्डो प्यासिफिक इकोनोमिक फ्रेमवर्क (आईपीईएफ), लगानी, पारस्परिक हित समुद्री सुरक्षा लगायतका विषयमा छलफल हुने इकोनोमिक टाइम्सले जनाएको छ ।