घट्यो पेट्रोल, डिजल र मट्टीतेलको मूल्य , कतिमा पाइन्छ अहिले ?
२० जेष्ठ २०७९, शुक्रबार

नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर १०/१० रुपैयाँ घटाएको छ । आज बिहीवार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य घटाएको हो ।
मूल्य घटेसँगै अब पेट्रोल लिटरको एक सय ७० र डिजलरमट्टीतेल लिटरको एक सय ५३ रुपैयाँमा झरेको छ । निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको हो ।
यसअघि अर्थ मन्त्रालयले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र पठाएर पूर्वाधार कर घटाएर मूल्य समायोजन गर्न भनेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया