अफगानिस्तानमा मिनीबस र मस्जिदमा श्रृंखलाबद्ध बम विस्फोट

अफगानिस्तानमा यात्रुवाहक मिनीबस र एउटा मस्जिदमा भएका श्रृंखलाबद्ध बम विस्फोटमा परी मृत्यु हुनेको संख्या कम्तीमा १६ पुगेको छ । यसमध्ये केही आक्रमणहरू इस्लामिक समूहले जिम्मा लिएका छन् ।

सरकारी अधिकारीहरूका अनुसार २४ घण्टाको अवधिमा विभिन्न चारवटा बम विस्फोट भएका हुन् । विस्फोट बुधबार र बिहीबार विभिन्न समयमा भएका हुन् ।

तालिबानले गत अगस्टमा सत्ता कब्जा गरेपछि देशभर बम विस्फोटको संख्या घटेको थियो । तर गत महिना रमजानको समयमा भएका घातक हमलाहरूले थप संकट निम्त्याउन सक्ने बताइन्छ । उत्तरी सहर मजार–ए–शरिफमा छुट्टाछुट्टै मिनीबसहरु राखेकोमा तीनवटा बम विस्फोटमा परी १० व्यक्तिको मृत्यु भएको स्वास्थ्य अधिकारीले जनाएका छन् ।

यस सहरका विभिन्न जिल्लाहरु तीनवटा मिनीबसमा बम रहेको बाल्खा प्रान्तीय प्रहरी प्रवक्ता आसिफ वाजिरीले एएफपीलाई बताए । बाल्ख स्वास्थ्य विभागका प्रमुख नजिबुल्लाह तवानाले विस्फोटमा मारिएका १० मध्ये तीन जना महिला रहेको जानकारी दिए । यस विस्फेटमा परी अन्य १५ जना घाइते भएको बताइएको छ ।