टीकापुरमा रेशमको पार्टीको अग्रता कायमै
१ जेष्ठ २०७९, आईतवार

कैलालीको टीकापुर नगरपालिकामा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले अग्रता कायमै राखेको छ। चार सय मत गणना हुँदा नागरिक उन्मुक्ति पार्टीका रामलाल डगौराथारुले १३७ मतका साथ अग्रता हासिल गरेका छन्।
नेकपा एमालेका श्याम खत्रीले ६८, गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका नवराज रावलले ५५ मत पाएका छन्। उपमेयरमा पनि नागरिक उन्मुक्ति पार्टीकै उल्कादेवी विश्वकर्मा १२४ मतसहित अगाडि छिन्।
एमालेकी उपमा केसीले ४१ र गठबन्धनका तर्फबाट माओवादीका उपमेयरका उम्मेदवार खडक शाहले ४० पाएका छन्।
नागरिक उन्मुक्ति पार्टी टीकापुर घटनामा संग्लन रहेको भन्दै कैद भुक्तान गरिरहेका निलम्बित सांसद रेशम चौधरीकी श्रीमती रन्जिता श्रेष्ठको अध्यक्षतामा हालै गठन भएको थियो।
फेसबुकबाट तपाईको प्रतिक्रिया