मैले जन्माएको एमाले अहिले फर्सी जस्तो कुहिएर गन्हाइसकेको छ : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमाले अहिले कुहिसकेको फर्सीजस्तो भएको बताएका छन् । आज बिहिबार चितवनको भरतपुरमा आयोजित सत्तारुढ गठबन्धनको संयुक्त आमसभामा बोल्दै उनले सो कुरा गरेका हुन् ।

 

उनले आफुले फलाएको फर्सी अहिले कुहिएर गन्हाइसकेको बताए । उनले भने – ‘एमालेc हो । त्यो बेला फर्सीजस्तो थियो । अहिले त कुहिएर गन्हाइसक्यो । त्यो खायो भने रोग मात्रै लाग्छ । बाहिर हेर्दा राम्रै फर्सी देखिएपनि भित्र भने कुँहिएर किरा परिसकेको छ ।’

 

एमालेमा केपी ओली प्रवृतिले गर्दा एमालेलाई सिध्याएर कुहिएको फर्सी बनाइसकेको उनले बताए । उनले अहिले ओली प्रवृतिलाई फाल्न गठबन्धन बनेको पनि बताए।