कांग्रेस सरकार बनेपछि ६५ वर्षमाथिका नागरिकलाई भत्ता दिन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीको सरकार बनेपछि ६५ वर्षमाथिका नागरिकलाई ज्येष्ठ नागरिक भत्ता दिने बताएका छन ।

 

नेपाली कांग्रेस मोरङले आज बुधवार विराटनगरमा गरेको आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले अन्तर्राष्ट्रिय मापदण्डअनुसार नै ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई सरकारले विशेष सुविधा दिने गरेअनुसार नै भत्ता दिने बताएका हुन। ‘हामीले यसअघि नै ६५ वर्षमाथिकालाई भत्ता दिने निर्णय गरेका थियौँ, एमाले अध्यक्ष ओलीले मान्दै मान्नुभएन’, देउवाले भने ।

 

आमसभामा देउवाले सुकुम्वासीलाई जग्गा दिन थालेको, विकास निर्माणले गति लिएको, सबै नागरिकलाई कोरोनाविरुद्धको खोप दिएको लगायतका काम सरकारले गरेको जनाएका छन ।

 

यस्तै उनले पाँच दलीय गठबन्धन अहिलेको आवश्यकता भएकाले कसैले कसैलाई धोका दिन नहुने बताए । केपी शर्मा ओलीको प्रतिगमनलाई पाँच दल मिलेर परास्त गरेको र आफू प्रधानमन्त्री भएको भन्दै देउवाले गठबन्धन राष्ट्रिय आवश्यकता रहेको जिकिर गरेका हुन ।