साम्प्रदायिक सद्भावको उदाहरण : मुस्लिम युवाले दिए रामनवमी जुलुसमा सहभागीलाई पानी

साम्प्रदायिक सद्भावको उदाहरण स्थापित गर्दै, मुस्लिम युवाहरूले पश्चिम बङ्गालको सिलगढीमा आइतबारको राम नवमी जुलुसका सहभागीहरूलाई पानीको बोतल बाँडे र अंगालो मारेका छन । मुस्लिम युवाले जुलुसमा सहभागीहरुलाई रामनवमीको शुभकामना दिएका थिए ।

 

जुलुसमा सहभागी मानिसहरूले बोतल वितरणलाई स्वागत गरे र उक्त सहयोगका लागि मुस्लिम युवाहरूलाई धन्यवाद दिएका हुन । एएनआईसगँ कुरा गर्दै, पानीका बोतलहरू वितरण गर्न स्वयम्सेवा गरेका शाहनेवाज हुसेनले भने, हमी ले विभिन्न समुदायका मानिसहरुमा स्नेह जगाउनका लागि बोतलहरू वितरण गर्ने निर्णय गरेका थियौं ।

 

हामीले जुलुसमा ४,००० भन्दा बढी पानीका बोतलहरू वितरण गर्यौं । भारत एक देश हो जहाँ विविधतामा एकता छ । जसलाई संविधानले पनि समर्थनर्थ गरेको छ। हामी सबैको चाडपर्वको आनन्द लिन्छौं । आज रामनवमी हो , र हामी उत्सवहरूमा भाग लिन पाउँदा खुसि छौं । यो रमजानको महिना पनि हो ,’ हुसेनले भने ।

 

सबै धर्मका मानिसहरूबीच एकता बढाएर भारतको प्रगति सुनिश्चित गरिनेछ,’ उनले भने। रामनवमी जुलुसमा सहभागी पंकजकुमार झाले मुस्लिम युवाहरूलाई उनीहरूको सहयोगका लागि धन्यवाद दिएका हुन ।