प्रधानमन्त्री इमरान खानले राजीनामा दिनुपर्ने पीपीपीका अध्यक्ष बिलावल भुट्टोको भनाई
११ बैशाख २०७९, आईतवार

पाकिस्तान पीपुल्स पार्टी (पीपीपी)का अध्यक्ष बिलावल भुट्टो जरदारीले पाकिस्तानका प्रधानमन्त्री इमरान खानले सरकार विरुद्ध अविश्वास प्रस्तावमा मतदान हुनु अघि नै राजीनामा दिनुपर्ने बताएका छन्।
शुक्रबार उनले भने, ‘प्रधानमन्त्रीले संवैधानिक प्रक्रियाको विरुद्ध सम्मानजनक रूपमा लड्नुपर्छ, उहाँले आफ्नो कार्यको बारेमा सोच्नुपर्ने बेला आएको छ। हाम्रो कदमले यस देशमा लोकतन्त्रलाई बलियो बनाउँनेछ।’
पाकिस्तानको इतिहासमा पहिलो पटक शान्तिपूर्ण अविश्वासको मतदान हुन लागेको भन्दै विगतमा धेरै पटक त्यसका लागि असंवैधानिक माध्यम प्रयोग गरिएको बताए।
‘हामीले संवैधानिक बाटो लिएका छौं, यसलाई विवादित बनाउनु हुँदैन’ उनले भने।
फेसबुकबाट तपाईको प्रतिक्रिया