श्रीलंका पनि पाकिस्तानको गतिमा

पाकिस्तान पछि अब श्रीलंकामा राजनीतिक गतिविधिले तिब्रता पाएको र श्रीलंकाको सरकार संकटमा रहेको छ । अहिलेसम्मकै ठूलो आर्थिक संकटको सामना गरिरहेको श्रीलंकाको सम्पूर्ण मन्त्रिपरिषद्ले तत्काल प्रभावबाट राजीनामा दिएको छ ।

मिडिया रिपोर्टका अनुसार श्रीलंका सरकारका सबै मन्त्रीहरूले राजीनामा दिएका छन् तर प्रधानमन्त्री महिन्दा राजापाक्षे अझै पनि प्रधानमन्त्री पदमा छन्। श्रीलंकामा ३६ घन्टाको राष्ट्रव्यापी कर्फ्यु उल्लंघन गरेको र गम्भीर आर्थिक सङ्कटका कारण सरकार विरोधी र्‍याली निकालेको भन्दै प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको श्रीलंकाका विश्वविद्यालयका विद्यार्थीहरूमाथि प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको छ ।

चीनले ऋणमा डुबाएर टाट पल्टाएकाे श्रीलंकामा संकटकाल, सरकारविरुद्ध देशव्यापी प्रदर्शन हुँद आएको छ । अहिले सरकार विरुद्ध जनता रोडमा ओर्लिएको छ्न ।

यसैबीच आर्थिक संकटबाट गुज्रिरहेको श्रीलङ्काको यो समस्यालाई हटाउन सर्वदलीय कार्यवाहक सरकार गठनको मागले गति लिन थालेको छ । श्रीलंका इतिहासकै सबैभन्दा खराब आर्थिक संकटको सामना गरिरहेको छ । विगत केही सातादेखि देशका जनता अत्यावश्यक वस्तुको अभावमा इन्धन र खाना पकाउने ग्यासका लागि लामो लाइनमा बस्नुपरेको छ । राष्ट्रपति गोटाबायो राजापाक्षेले शुक्रबार राति एक विशेष राजपत्र अधिसूचना जारी गर्दै श्रीलंकामा अप्रिल १ देखि तत्काल लागू हुने गरी आपतकालिन अवस्था लागू गरेको छ। सरकारले शनिबार साँझ ६ बजेदेखि सोमबार बिहान ६ बजेसम्म देशव्यापी कर्फ्यू घोषणा गरेको छ ।

सरकारले आइतवार सामाजिक सञ्जालमा सर्वसाधारणको पहुँच बन्द गर्न इन्टरनेट सेवा बन्द गर्न आदेश दिएको छ र मानिसहरूलाई एक ठाउँमा भेला हुन निषेध गरेको छ। अर्कोतर्फ, श्रीलंका सरकारले आइतबार ह्वाट्सएप, ट्विटर, फेसबुक र इन्स्टाग्राम जस्ता सोशल मिडिया प्लेटफर्महरूमा लगाइएको प्रतिबन्ध हटाएको छ। देशमा बिग्रँदै गएको आर्थिक संकटलाई लिएर सरकार विरोधी प्रदर्शन अघि राष्ट्रव्यापी सार्वजनिक आपतकाल र ३६ घण्टाको कर्फ्यूसँगै सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइएको थियो।