श्रीलंका जस्तै नेपालको पनि चरम आर्थिक संकटको आँकलन

श्रीलंका एक समृद्ध विरासत बोक्ने देश हो । नेपाल संग उसको सदैव सुमधुर सम्बन्ध रहेको पाईन्छ । पौराणिक कालमा माता सीता संग पनि नाम जुड़िएको देश भएकोले हाम्रा लागि महत्वको बिषय हो ।

सार्कको सदस्य राष्ट्रको नाताले पनि नेपालको घनिष्ठ मित्र हो । तर पछिल्लो समयमा श्रीलंका माथी आईपरेको संकटलाई नियाल्नु पर्ने आवश्यक छ । चरम आर्थिक संकट बाट गुज्रिरहेको चारैतिर समुद्रले घेरिएको देश श्रिलंकामा चीनको बिआरआई प्रोजेक्ट लागु रहेको छ ।

बिआरआई चीनीया सरकारको एक ऋण सहयोग हो जसमा चर्को ब्याजदर कायम गरिएको हुन्छ भने पचासौं बर्षको लागि आयोजनाको सम्पूर्ण सम्पत्ति चीनीया कम्पनीको नाममा गरिने नियम छ । जानकारहरुले श्रीलंकाको बिकटतम परिस्थिति लाई बिआरआई संगै पनि जोडेर हेर्ने गरेका छन ।

नेपालमा पनि वैदेशिक सहयोगको खाँचो छ । हाम्रो विकास निर्माण तथा सुलभ स्वास्थ्य, शिक्षा लगायतको क्षेत्रमा विभिन्न मित्रराष्ट्रहरुको सहयोग प्राप्त भैरहेको छ । भर्खरै अमेरिकी सहयोग अनुदान परियोजना एमसीसी देशमा लागु भएको छ ।

विभिन्न विरोध / अवरोधका बीच सरकारले एमसीसी संसदबाट पारित गराएको हो । हिंसात्मक प्रदर्शनहरु पनि झेलेको एमसीसीले अब केही सुखद अनुभूति दियोस भनि मनोकांक्षा आम नेपालीले राखेकै हो ।

तर यसै बिच हामी श्रीलंकाको अवस्था हेरी चिंतित भएका छौं । तिनिहरुको दुखमा हामि संगै रहेपनि सहयोगका नाममा सहानुभूति बाहेक केहि गर्न सक्तैनो । चीनको चर्को ब्याजदरको ऋण, बिआरआई मा डुबेको श्रीलंका जस्तो हालत हाम्रो नहोस भनि हामि सजग रह्न पनि उतिकै आवश्यक छ ।

श्रीलंकामा, बिजुली बचत गर्न सडक बत्तीहरू पनि बन्द गरिएको छ। श्रीलंकाका विद्युत मन्त्री पवित्र वानियाराचीले बिहीबार राज्यको एकाधिकारले पनि जेनेरेटरका लागि डिजेल नभएका कारण १३ घण्टाको विद्युत कटौती गरेको बताएका हुन् ।

उनले भने,‘हामीले विद्युत बचत गर्नका लागि देशभरका सडक बत्तीहरू बन्द गर्न अधिकारीहरूलाई निर्देशन दिएका छौं।’ उनले दशकौंपछि मुलुकमा यस्तो आर्थिक संकट उत्पन्न भएकाले यहाँका प्रमुख बजारको विद्युत कटौती गर्ने निराशाजनक निर्णय भएको बताए ।

देशमा गहिरो आर्थिक समस्याका कारण यहाँ जनता सडकमा उत्रिएका छन् । बिहीबार ढिलो राष्ट्रपति गोटाभाया राजापाक्षेको निवास बाहिर हजारौं मानिसले विरोध प्रदर्शन गरेका थिए। पोस्टर हल्लाउँदै जनताले नारा लगाएका थिए । यस क्रममा भएको हिंसामा कम्तीमा १० जना घाइते भएका छन् ।

नेपालमा पनि बिआरआईको पक्षधरहरु देखिन थालेका छन । श्रीलंका जस्तो अवस्था सृजना हुनबाट जोगिन हामि एकजुट हुनुपर्ने सामाजिक अभियन्ताहरुले बताउने गरेका छन ।