लोसपा नेता सञ्जय यादवले गरे पार्टी परित्यागको घोषणा, एमाले प्रवेश गर्ने तयारी
७ बैशाख २०७९, बुधबार

काठमाडौँ । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीका युवा नेता सञ्जय यादवले पार्टी परित्यागको घोषणा गरेका छन् ।
पार्टी विधिसम्मत सञ्चालन नभएको, संगठन निर्माण हुन नसकेको, पार्टीमा केही नेताको मनपरी चलेको जस्ता आरोप नेता यादवको रहेको छ । उनले पार्टीको साधारण सदस्य समेत त्याग गरेको बताएका छन् । उनी तत्कालीन राजपाको सह महामन्त्री थिए ।
लोसपा बनेपछि हालसम्म कार्यकारिणी समितिबाहेक अरू कुनै समिति बनेको छैन । केही दिनमै उनी एमालेमा प्रवेश गर्ने स्रोतले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया