पार्टी विभाजनको क्षतिपूर्ति अन्य दलबाट आउनेहरुबाट गरिएको : विष्णु रिजाल

काठमाडौँ । नेकपा एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले पार्टी विभाजनको क्षतिपूर्ति अन्य दलबाट आउनेहरुबाट गरिएको दाबी गरेका छन् ।

आज बिहान सुर्खेतमा आयोजित स्थानीय तह निर्वाचन केन्द्रित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै रिजालले पार्टी विभाजनका बाबजुद पनि आगामी निर्वाचनमा एमालेले राम्रो स्थान हासिल गर्ने विश्लेषण सुनाए ।

रौतहट जिल्लाबाट चार मेयर, ६ उपमेयर र ३६ वडाअध्यक्ष एमालेमा आएको उदाहरण दिंदै उनले यस्तो अवस्था अन्य जिल्लामा पनि रहेको दाबी गरे । अन्य दलबाट एमालेमा प्रवेश गरेका, परिचित चुनाव चिह्न र थपिएका ३५ लाख नयाँ मतदाताको आकर्षणका कारण एमाले सुविधाजनक स्थितिमा रहेको उनको भनाइ छ ।