किन आउँदै छ अमेरिकी डेमोक्र्याटिक पार्टीका सांसदहरूको समूह नेपाल ?

अमेरिकी डेमोक्र्याटिक पार्टीका ४ जना सांसद नेपाल आउने भएका छन् । शुक्रबार ४ अमेरिकी डेमोक्रेट सांसद र एक प्रतिनिधिसभा सदस्यसहित ५ जनाको टोली नेपाल आउने भएको हो ।

नेपाल आउँनेमा डेमोक्र्याटिक पार्टीका सिनेटर मार्क केली, क्रिस्टिन गिलिब्रान्ड, कोरी बुकर र एड मार्की र तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सका सदस्य मोन्डेयर जोन्स रहेका छन् ।

उनी नेपालसहित अन्य देशको भ्रमणका लागि निस्केका हुन् । शुक्रबार उनीहरु नेपाल आउने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन् । उनीहरु बैशाख ९ गते आएर ११ गते नै फर्कनेछन् ।