अर्थमन्त्री शर्माको राजीनामा माग
७ बैशाख २०७९, बुधबार

काठमाडौं । सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथिको छानविन प्रक्रिया अघि नबढाउन अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ । योसँगै उनी काममा फर्किने भएका छन् । निलम्बन पनि फुकुवा भएको छ । सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासले मंगलबार रिटमा प्रारम्भिक सुनुवाइ गर्दै छानविन प्रक्रिया अघि नबढाउन अन्तरीम आदेश दिएको हो ।
रिटमा अन्तरिम आदेशको टुंगो लगाउन १३ गते दुबै पक्षलाई छलफलमा बोलाएको छ ।
सरकारले आफूलाई गरेको निलम्बन कानुनविपरीत भएको भन्दै गभर्नर अधिकारीले आइतबार रिट दायर गरेका थिए । गत चैत २५ गते सरकारले अधिकारीलाई गभर्नर पदबाट निलम्बन गरेको थियो ।
अधिकारीले आफूमाथि गरिएको कारबाही बदर गरी गभर्नरको जिम्मेवारीमा फर्किन अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई विपक्षी बनाएर उनले मुद्धा दायर गरेका थिए ।
सर्वोच्चले निलम्बनको फैसला उल्टयाएसँगै अर्थमन्त्री शर्माको राजीनामा मागिएको छ । नैतिकताका आधारमा शर्माले राजीनामा दिनुपर्ने माग उठेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया