नवाज शरिफ र इमरान खानका समर्थकबीच झडप,दुबैतर्फका केही समर्थक घाइते

काठमाडौं । नवाज शरिफ र इमरान खानका समर्थकबीच झडप भएकाे छ ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खान पदमुक्त भएको समाचार सार्वजनिक भएपछि लण्डनस्थित पाकिस्तानी पूर्व प्रधानमन्त्री नवाज शरिफको निवास अगाडि उनका समर्थकहरुले खुशियाली मनाउने क्रममा झडप भएको छ । शरिफको समर्थनमा नारा लगाउँदै नाचगान गरिरहेको भीडमा इमरान खानका समर्थकहरुले हस्तक्षेप गर्दा झडप भएको हो ।

झडप नियन्त्रणका लागि सुरक्षाकर्मीलाई कठिन भएको थियो । इमरान खानका समर्थकहरुले लण्डनमा नभई पाकिस्तानमै गएर खुशियाली मनाउन धम्की दिएपछि झडप भएको हो ।

साे झडपका क्रममा दुबैतर्फका केही समर्थक घाइते समेत भएका छन् ।